बारा, पर्सामा आएको टोर्नाडोमा आगोको ज्वाला

काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक बारा, पर्सा क्षेत्रमा आएको टोर्नाडो आगोको ज्वाला सहित आएको पुष्टी विज्ञहरूले गरेका छन् । तराइको बारा,पर्सा क्षेत्रमा फागुन १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् ।

टोर्नाडो पत्ता लगाउन मूख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा वरिष्ठ मौसमविद मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिचेको उल्लेख गर्नुभयो ।

चट्याङ सहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रुप देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब २ सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तिब्र गति थियो ।

आगोको लप्का सहितको चट्याङ त्यसक्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसम विद डा.अर्चना श्रेष्ठले प्रष्ट्याउनुभयो । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा देखेको प्रमाण दिएका छन्,” उहाँले भन्नुभयो, “त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।” स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उहाँले देखाउनुभयोे । उहाँले भने झैं पश्चिमी वायु पोखरा, चितवन हुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रुप लिएको कुरा शनिवारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा उल्लेख गरिएका छ ।

आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो । “नेपालमा पहिलो पटक देखिएको टोर्नाडोको प्रमाण संकलन गर्न जरुरी थियो ,” श्रेष्ठले थप्नुभयो, “चितवन निकुञ्जबाट बाटो बनाउन खोजेको आधार भेटिएको छ, त्यहाँबाट बैरिया पुगेको भेटियो ।”

चितवनमै पनि आकाश रातो हुनेगरि चट्याङ परेको तस्विर स्थानीयले खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

घरी टेडोमेडो र घरी चक्रका रुपमा अघि बढेको टोर्नाडोको तुलनात्मक अध्ययन सुरु गरिएको जानकारी उहाँले दिनुभयो । फेटा गाउँ पालिकामा ढलानको घर, पिलर नभएको गारोवाला घर र कच्ची घर मिसिएको थियो । टोर्नाडोले पक्की घरका भित्ता र छत समेत उडाएर मानिसलाई च्याप्दा बढी ज्यान गएको उहाँले बताउनुभयो । एकै घरका चारजना सहित फेटामा मात्र १८ जनाले ज्यान गुमाएका थिए । अन्यत्र सहित गरेर २९ जनाको ज्यान टोर्नाडोले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here