जलविद्युत् आयोजनाद्धारा १० करोड मुआब्जा

तनहुँ । डुम्रे–दमौली १३२ केभी विद्युत प्रसारण लाइनमा प्रभावित स्थानीय बासिन्दालाई १० करोड २७ लाख रुपियाँ मुआब्जा वितरण गरिएको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा उक्त आयोजनाले तनहुँको सदरमुकाम दमौलीबाट गोरखाको च्याङलिङसम्म विजुलीका टावर राख्ने क्रममा तार मुनी घर परेका प्रभावित व्यक्तिहरुलाई सो रकम भुक्तानी प्रदान गरिएको आयोजनाका वरिष्ठ सहायक ध्रुवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रसारण लाईनको दायाँ/बायाँ नौ/नौ मिटरमा पर्ने जग्गाको क्षेतिपूर्ति स्वरुप रकम वितरण गरिएको छ । आयोजनाको १३२ केभी प्रसारण लाइनमा पर्ने २३ किलो मिटरको दुरीमा ६३ वटा टावर राखिएका छन् ।

गोरखा जिल्लामा १६ जनाको लागि रकम २३ लाख १ हजार २ सय ५४ रुपियाँ मध्ये १५ जनाको २२ लाख ७६ हजार २ सय ३४ रुपियाँ भुक्तानी भईसकेको छ । प्रसारण लाईन निमार्णसँगै मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने भएको छ ।

आयोजनाका अनुसार मध्यमस्र्याङदी–मस्र्याङदी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्षा याममा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने समस्या हटेको छ ।

मस्र्याङदी–काठमाडौं र मस्र्याङदी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्थाको अन्त्य भएको आयोजनाले जनाएको छ ।

विद्युतका नयाँ प्रशारण लाईन निमार्णले आयोजनाको विद्युत दमौली सब स्टेसन मार्पmत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको आयोजनाका वरिष्ठ सहायक न्यौपानेले जानकारी दिनु भयो । निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङदी–मस्र्याङदी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शाहले जानकारी दिनुभयो । शाहका अनुसार दमौली सवस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश ः पोखरा र दमौली–भरतपुर तर्पm विद्युत पठाउन सकिने भएको छ । यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सब स्टेसन पनि सञ्चालनमा आईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here