देउवा सुदूरपश्चिमबाट गर्जिए

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ ।

पार्टीभित्र बिभिन्न गुट उपगुटले सभापति देउवाको आलोचनामै समय खर्चिरहेका बेला आफ्नो गृह क्षेत्र सुदूरपश्चिम आइपुग्नु भएका देउवाले पाटीेभित्रका कुनै पनि नेताको आलोचना नगरेर पार्टी एकताको सन्देश दिनुभयो । गृह क्षेत्र सुदूरपश्चिमबाट एकताको सन्देशको बारेमा भाषणमा समय धेरै दिनुभएका देउवाले सुदूरपश्चिमको विकासका लागि वर्तमान सरकार सम्वेदनशिल नभएको आरोप पनि लगाउनुभयो ।

नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको सोमबार उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो ।

“पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here