नेपाल एअरलाइन्सका जहाज ग्राउण्डेड

काठमाडौँ । नेपालको एकमात्र सरकारी हवाई सेवा संस्था नेपाल एअरलाइन्सको वाई १२ जहाज डेढ हप्तादेखि उडान बन्द गरेर ग्राउण्डेड भएको छ ।

एअरलाइन्सका प्रशिक्षक पाइलट ९आइपी० आङनुरी शेर्पा अमेरिका पलायन भएसँगै वाई–१२ जहाज १८ दिनदेखि ग्राउन्डेड भइसकेका छन्। ती जहाज कति समयका लागि ग्राउण्डेड हुँदैछन भन्ने कुरा अनिश्चित भएको छ ।

शेर्पा वाई–१२ जहाज एक मात्रै आइपी पाइलट हुन् । शेर्पाले यही अप्रिल ३ मा चीन गएर आफ्नो पीपीसी ९सिप परीक्षण प्रमाणपत्र० नवीकरण गरेका थिए, शेर्पाले वाई–१२ जहाज उडान गरिरहेको सिनियर पाइलट सन्जय बादेको पिपिसी नवीकरण र नृपेन्द्र भट्टराईको रुट चेक नगरिदिएका कारण जहाज ग्राउन्डेड भएको हो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर समेत भएको थाहा भएको छ ।

पाइलटका लागि दिनुपर्ने सबै प्रकारको तालिम तथा प्रमाणपत्र प्रशिक्षक पाइलट आइपी पाइलटबाट नै जारी हुनपर्छ। शेर्पा अमेरिका गएपछि सबै काम रोकिएको बताइएको छ । शर्पाले बादेको पिपिसी प्रमाणपत्रको म्याद सकिएको २ महिना हुँदा पनि नवीकरण गर्न कुनै चासो दिएका थिएनन्। बादेले बारम्बार शर्पोसँग पिपिसी नवीकरण गरिदिन आग्रह गर्दा शर्पाले हुन्छ हुन्छ भनी अन्त्यमा कुनै प्रक्रिया नै नगरी अमेरिका प्रस्थान गरेको हुन्।

वाई (१२ जहाजका अर्का पाइलट भट्टराईको भने प्रत्येक वर्षमा हुनुपर्ने रुट चेक नहुँदा जहाज उडान गर्न नपाएको निगम स्रोतले बताएको छ । भट्टराईको रुट चेक नुहँदा जहाज १८ दिनदेखि ग्राउन्डेड भएको निगम स्रोतले बताएको छ । रुट चेक पनि प्रशिक्षक पाइलट आइपी पाइलटबाटै हुनुपर्छ। आइपी पाइलट शेर्पा अमेरिका गएसँगै अब तत्कालै नयाँ आइपी पाइलट पाउन सक्ने अवस्था पनि नरहेको नेपाल एयरलाइन्स स्रोत बताउँछ ।

शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो ।

यता नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी समालेसँगै चिनियाँ वाई–१२ जहाज उडानका लागि भन्दै दर्जन विमानस्थलका परीक्षण गरेको थिए। तर, आज पाइलट अभावको कारण सबै जहाज ग्राउन्डेड भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here