बर्दियामा रहेको रजनवा गुलरिया रम्भापुर सडकखण्डको शिलान्यास भएको छ । लामो चासो लामो समयदेखि निर्माणका लागि डिपिआर तयार गरी अलपत्र रहेको शहीद विष्णुमार्ग (रजनवा–रम्भापुर सडकखण्ड) तीन वर्षमा निर्माण सम्पन्न हुने गरी शिलान्यास भएको हो ।
भारतको सीमाक्षेत्र रजनवादेखि जिल्लाको सदरमुकाम गुलरिया हुँदै पूर्व–पश्चिम राजमार्गको रम्भापुर जोडिने सो सडक बारबर्दिया नगरपालिकाकाको विकासका लागि यो सडकखण्ड महत्वपूर्ण मानिएको छ ।
सडकखण्डको जिरो बिन्दु रम्भापुरमा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कविरले सडकको शिलान्यास गर्नुभएको हो । उहाँले सो सडक निर्माण निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सडक निर्माण कुमार कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।
सडक सुधार परियोजनाअन्तर्गत निर्माण हुने सडकमा ३० किलोमिटरका लागि ६८ करोड रकम खर्चिने भएको छ । सडक राम्रो नहुँदा बारबर्दियावासी सदरमुकाममा आवतजावतमा निकै समस्या हुँदै आएकामा अब सहज हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।