जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकिया । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नुभएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाउनु भएको थियो भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाउनुभएको थियो भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाउनुभएको थियो ।राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here