माघ १, २०७५ – ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । वोल्भर हेम्प्टनलाई ३–० ले हराउँदै सिटीले शीर्ष स्थानको लिभरपुलँंगको अंक दुरी ४ अंकमा छोट्याएको छ । सिटीलाई जित दिलाउन ग्राबियल जिससले २ गोल गरे । अर्को गोल उसले उपहार स्वरुप प्राप्त गरेको थियो । खेलको १० औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई उनैले गोलमा परिणत गर्दै टोलीलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याए ।
खेलको १९ औ मिनेटमा बिल्ली बोली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय वोल्भर १० खेलाडीमा सिमित बनेको थियो । ७८ औँ मिनेटमा सिटीले उपहार गोल हात पार्दा ३–० को जित निश्चित बनेको हो । एकपक्षीय खेलमा सिटीले गोल गर्ने दर्जन बढी अवसरको भने सदुपयोग गर्न सकेन् ।