१ माघ, काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणमा बेलायती खेलाडी एण्डी मुर्रे स्पेनिस रोबेर्टो बाएटिस्टासँग पराजित भएका छन् ।
एण्डी मुर्रे पाँच सेटको खेलमा पराजित भएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सक्नेजति दिएँ, तर पुगेन ।’
तीनपटकको ग्राण्ड सलाम विजेता मुर्रे पत्रकार सम्मेलनमा निकै भावुक भएका थिए ।
उनले गत शुक्रबार यसै वर्ष खेलबाट सन्यास लिने बताएका थिए । किनभने उनको हिपमा समस्या छ र, त्यो गम्भीर बन्दै गएको छ ।
पत्रकार सम्मेलनमा उनले खेल जारी राख्न भरमग्दुर प्रयास गर्ने बताएका छन् । उनले भने, ‘सायद तपाईँहरुसँग फेरि भेट हुनेछ, यसका लागि भरमग्दुर प्रयास गर्ने छु ।’