नयाँ सडक कुन प्रदेशमा कति बने र कति बन्दैछन ?

काठमाडौँ । विशेष गरेर २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालको विकासले गति लिएको मानिन्छ । अझ २०६३ ̸ २०६३ सालको जनआन्दोलन र संविधानसभा निर्वाचन पछि बनेको सरकारको पूरै ध्यान विकास केन्द्रीत भएकाले नेपालका सडक विकासमा उल्लेख्य प्रगति भएको छ ।

आम नागरिकले जहिले पनि केही भएन, खत्तम भयो, जताततै बिग्रियो भन्ने समाचार मात्र देखि र सुनिरहेका बेला नेपालको सडक विकासमा अवस्था निकै राम्रो भएको खबर हामीले पाठक समक्ष प्रस्तुत गर्न खोजको छौँ । यो यथार्थ देख्दा नेपालको पनि सुन्दर भविष्य छ, यो जन्मभूमिमा केही राम्रो गर्न सके भावी सन्ततीले सुख्ख शान्ति पाउन्थे भन्ने हरेक नागरिकको चाहानालाई सम्बोधन गर्न सक्छ ।

अरु कुराहरुको चर्चा नगरेर आज हामीले आम पाठकलाई नेपालको सडक सञ्जालको विकासका अवस्था के छ ? हामी सडक सञ्जाल निर्माणमा कहाँ आइपुगेका छौँ भन्ने एउटा तथ्यगत दृष्टान्त यहाँ प्रस्तुत गर्न खोजी रहेका छौँ । देशभरका ७७ जिल्ला मध्य सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको छ भने हुम्ला पुग्ने क्रममा रहेको छ । जसको जिम्मा नेपाली सेनालाई दिएर हाल द्रुत गतिमा काम भइरहेको छ ।

दक्षिण एसियाको कुरा गर्दा सडकको विकास हुने दर, आम नागरिकले यातायातको सुविधाको उपभोगको अनुपात हेर्दा दक्षिण एसियामा नेपालको उत्कृष्ट मुलुकमा परेको दावी सरकारले गरेको छ । नेपालका यातायात सेवाका नाउँमा हवाई सेवा मात्र विकास भएकाले करिब ९५ प्रतिशत नेपालीले सडक बाटो प्रयोग गर्ने गरेको एसियाली विकास बैँकको अध्ययनले देखाएको छ । मुश्किलले पाँच प्रतिशतले मात्र हवाई सेवा प्रयोग गर्ने गरेका छन् भने हालसम्म रेल सेवा, पानी जहाज सेवा नेपालमा सञ्चालन हुन सकेको छैन ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रणनीतिक र स्थानीय सडक सञ्जाल १ हजार ३०५ किलोमिटरले थप विकास भएको छ । अघिल्लो वर्षसम्म कुल सडक नेपालको सडकको बिस्तार जम्मा ३० हजार किलोमिटर भन्दा बढी सडक विकास भएको थियोे । पछिल्लो वर्षमा काम गर्ने वातावरण, राजनीतिक स्थिरता भएर नै होला अघिल्लो वर्ष भन्दा यो वर्ष सडक विस्तारको दर निकै बढी भएको देखिएको छ ।

गत फागुनसम्मको स्थिति हेर्ने हो भने सडक विस्तार ३१ हजार तीन सय ९३ किमी पुगेको छ ।सरकारले सार्वजनिक गरेको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कालोपत्रे सडक ३९५ किमी, ग्राभेल ६५० किमी र कच्ची सडक २६० किमी विस्तार भएको छ।

फागुनसम्म १४ हजार १०२ किमी कालोपत्रे, ग्राभेल ७ हजार ८८१ र कच्ची ९ हजार ४१० किमी सडक निर्माण भएको छ । प्रदेश स्तरमा ६० हजार १६३ किमी सडक विस्तार भएको छ भने कच्ची ४३ हजार ६६ किमी , ग्राभेल १३ हजार एक सय ५१ किमी र कालोपत्रे तीन हजार नौ सय ४६ किमी विकास भएको छ ।

प्रदेश १ मा भएका सडक विकास
प्रदेश १ मा १२ हजार एक सय १ किमीसडक निर्माण भएको छ। सो प्रदेशमा कच्ची नौ हजार एक सय ७ किलोमिटर, ग्राभेल दुइ हजार चार सय ६४ किमीर कालोपत्रे पाँच सय ३० किमी छ।

प्रदेश २ मा भएका सडक विकास
प्रदेश २ मा पाँच हजार सात सय ६० किमी सडक निर्माण भएको छ जसमा प्रदेशभरी कच्ची दुई हजार सात सय ६० किमी, ग्राभेल दुइ हजार सात सय ४२ किमी र कालोपत्रे दुई सय पाँच किमी भएको दावी सरकारले गरेको छ ।

प्रदेश ३ मा भएका सडक विकास
त्यसैगरी प्रदेश ३ मा १५ हजार ७५ किमीसडक विकास भएका छ भने कच्ची ११ हजार चार सय ७२ किलोमिटर, ग्राभेल दुई हजार ६ सय ७७ किमी र कालोपत्रे नौ सय २६ किमी छ।

गण्डकी प्रदेशमा भएका सडक विकास
गण्डकी प्रदेशमा ११ हजार एक सय किमी सडक विकास भएका छ भने कच्ची ९ हजार ३५३ किलोमिटर, ग्राभेल एक हजार तीन सय १६ किमी र कालोपत्रे ४३१ किमी भएको दावी सरकारले गरेको छ ।

प्रदेश ५ मा भएका सडक विकास
त्यसैगरी प्रदेश ५ मा ८ हजार ७०० किमी सडक निर्माण भएको छ। कच्ची पाँच हजार दुई सय ७९ किलोमिटर, ग्राभेल दुइ हजार ७६६ किमी र कालोपत्रे ६५५ किमी छ।

कर्णाली प्रदेशमा भएका सडक विकास
कर्णाली प्रदेशमा २ हजार ६८७ किमी सडक निर्माण भएको दावी सरकारले गरेको छ । कालोपत्रे ५५ किमी, कच्ची दुई हजार ४४९ किलोमिटर र ग्राभेल एक सय ८४ किमी छ।

सुदूरपश्चिम प्रदेशमा भएका सडक विकास
सुदूरपश्चिम प्रदेशमा ४ हजार ७३९ किमी सडक निर्माण भएको छ। कच्ची दुई हजार ६ सय ६४ किलोमिटर, ग्राभेल ९३१ किमी र कालोपत्रे १ हजार १४४ किमी छ।

स्थानीय तहबाट ६० हजार १६३ किमी सडक निर्माण सरकारी आर्थिक सर्वेक्षणमा देखाइएको छ जसमध्य कच्ची ४३ हजार ६६ किलोमिटर, ग्राभेल १३ हजार एक सय ५१ किलोमिटर, कालोपत्रे सडक तीन हजार ९ सय ४६ किमी निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here