काठमाडौँ । संसारकै शक्तिशाली मुलुक अमेरिका पछिल्ला दिनमा कोरोना भाइरसले सबैभन्दा बढी आक्रान्त हुन थालेको छ ।

सुरुमा कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर हल्का टिप्पणी गरेको अमेरिकी राष्ट्रपति ट्रम्पलाई अहिले आएर कोरोना भाइरसकोा संक्रमणबाट देश जोगाउन मुश्किल मुश्किल परेको छ ।

पछिल्ला २४ घण्टामा विश्वमै मर्नेको संख्या बढी भएको मुलुक अमेरिका हुन पुगेको छ । इटालीमा मर्नेको संख्या घटिसकेको छ भने अमेरिकामा त्राही त्राही भइरहेको छ । हिजो एक दिनमात्रै मर्नेको संख्या एक हजार ८९७ पुगेको छ । यो सँगै अमेरिकामा मर्नेको संख्या १४ हजार नाघेको छ । अघिल्लो दिनमा नयाँ संक्रमितको संख्या झण्डै ३० हजार पुगेको छ । अमेरिकामा संक्रमितको कुल संख्या ४ लाख ३१ हजार पुगिसकेको छ ।

अमेरिकाको व्यस्त हुने न्यूयोर्क हरेक दिन मुर्दा सुनसान हुँदै गएको छ । न्यूयोर्क शहरको सुनसान स्थितिको फोटो फिचर । (सरिता कार्कीको फेस बुकबाट ) ।







