सबै जलविद्युत् आयोजनाको निर्माण काम ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । यसरी आयोजनाको काम रोक्किँदा लागतसमेत बढ्ने देखिन्छ ।

विद्युत् विकास विभागबाट हालसम्म करिब ७ हजार ६ सय ८० मेगावाटका २ सय १६ आयोजनाले आयोजना निर्माणको लाइसेन्स लिएका छन् । यीमध्ये निमार्णाधीन र निर्माणमा जाने तयारीमा रहेका सबै आयोजनाको काम यतिबेला रोकिएको हो । जसमा सरकारी, निजी र वैदेशिक लागानी रहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुराँगाईले आयोजनाको काम एक/दुई महिना रोक्किँदा एक वर्ष आयोजनाको निर्माण समय लम्बिने बताएका छन् । उनले भने, ‘आयोजना एकरदुई महिना लम्बिनु भनेको एक वर्ष आयोजनाको निर्माण समय लम्बिनु हो किनभने अब लगत्तै बर्खाको समय लाग्ने भएको छ ।’ आयोजनाको समय लम्बिनेबित्तिकै बैंकको ब्याज, सञ्चालन खर्च, एक वर्षमा हुने मूल्य वृद्धिलगायतका कारण लागत कम्तीमा २० प्रतिशतसम्म बाँड्ने देखिन्छ ।

आयोजनाको काम एकरदुई महिना रोक्किँदा एक वर्ष निर्माण समय लम्बिने र बैंकको ब्याज, सञ्चालन खर्चमा पनि वृद्धि हुने

हाल निजी क्षेत्रबाट मात्रै ३ हजार मेगावाटका आयोजना निर्माणको चरणमा छन् । जसमा १ सय २० वटा आयोजना विभिन्न चरणमा निर्माणाधीन अवस्थामा छन् । यी आयोजना १०, २० देखि ९५ प्रतिशतसम्म निर्माण भएका थिए । यस वर्ष यी आयोजनाबाट कम्तीमा पनि १ हजार मेगावाट उत्पादन हुन्छ भन्ने हाम्रो प्रक्षेपण गरिएको थियो ।

अध्यक्ष गुराँगाईले भने, ‘३ हजार मेगावाट भनेको करिब ६ खर्बको लगानी हो ।’ त्यसमा बैंक तथा वित्तिय संस्थाको करिब ४ खर्बको लगानी प्रतिबद्धता भएका उनले बताए । कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अझै दुई÷तिन साता लम्बिने सम्भावना देखिन्छ । क्षतिलाई थोरै भए पनि पहल गर्ने भनेको राज्यमा भएका निकायहरू ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, विद्युत् प्राधिकरण र राष्ट्र बैंकले नीतिगत रूपमा सहयोग गरिदिनुपर्ने गुराँगाईले बताए । त्यसका साथै अन्य ३ हजार मेगावाटका आयोजना पीपीपए गरेर विभिन्न चरणमा बसेका छन् । निर्माण लाइसेन्स लिएर बसेका यी आयोजनाको पनि कानुन तह लाइसेन्स खारेज हुने स्थितिमा भएकाले यसमा पनि समन्वय गर्नुपर्ने उनले बताएका छन् ।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने विश्वव्यापी रूपमा महामारी फैलिरहेको हुँदा आयोजना कहिलेसम्म प्रभावित हुन्छन् र लागतमा कस्तो प्रभाव पर्छ भनेर यकिन गर्न नसकिने बताए । उनले भने, ‘आयोजनामा कोरोनाको प्रभाव रहेको छ यो स्थितिमा कति लामो हुन्छ भन्ने अब कसैले भन्न सक्दैन । परियोजना समय जति लम्बिन्छ, लागत पनि त्यसैमा निर्भर गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here