काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट हाल सम्म १४ नेपालीको ज्यान लिसकेको छ ।
बिभिन्न देशमा काम गर्ने तथा बसोबास गर्ने नेपाली मध्य ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई) मा १ नेपालीको निधन भएको हो। अमेरिकामा ५ सय, बेलायतमा १ सय, बहराइनमा २५, यूएईमा २२, स्पेनमा १८, कुवेतमा ११, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, साउदी अरेबियामा ५ र जर्मनीमा ४ नेपाली संक्रमित छन्। जापान, मलेसिया, म्यान्मार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको संघका प्रवक्ता डीबी छेत्रीले बताए।
यूएईमा एक महिलाको निधन भएको छ भने दुई जना निको भएका छन्। साउदीमा तीन जना संक्रमितले स्वास्थ्यलाभ गरेका छन्। बेलायतमा स्वास्थ्यलाभ गरी एक जना घर फर्किएका छन्। ओमानका नेपाली अहिलेसम्म सुरक्षित छन्। अफ्रिकी र पश्चिम एसियाका अन्य देशमा कोरोनाबाट नेपाली प्रभावित भए/नभएको सार्वजनिक भएको छैन।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कोरोनाका कारण निधन भएका व्यक्तिको दाहसंस्कार उतै गर्ने तयारी भएको बताए।
वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत छन्। तीमध्ये ७५ प्रतिशतभन्दा बढी खाडी तथा मलेसियामा छन्।






























