कोरोनाले घे¥यो काठमाडौँलाई


काठमाडौँ । पछिल्ला तीन दिन यता नेपालमा कोरोनाका संक्रमण देखिएको बिरामीको संख्या बढ्दै गइरहेका छन् ।

यी दिनमा देखिएका अधिकांश बिरामी काठमाडौँ उपत्यकाभित्र र उपत्यका निकट क्षेत्रमा बढी देखिएका छन् ।

बागमती प्रदेशमा थप नयाँ छ जनामा कोरोनाको संक्रमण देखिएपछि काठमाडौँ उपत्यका कोरोनाको कहरबाट घेरिएको छ । कोरोनाका शंका भएका व्यक्तिहरुको परीक्षणका भक्तपुरको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना, दुई जना काभ्रेमा र एक जना धादिङमा कोरोना पोजेटिभ देखिएको छ ।

२८ दिन अघि लण्डनबाट नेपाल भित्रिएका परिवारका तीन सदस्यको परीक्षण गर्दा दुई जनाका पोजेटिभ देखिएको छ भने धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा पनि पोजेटिज देखिएको छ । ती व्यक्ति दक्षिण कोरियाबाट गत महिना घर आएका थिए । त्यसैगरी काभ्रेको देउपुर गाउँपालिकामा दुई जनालाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक जना दुबईबाट र एक जना भारतबाट घर आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here