काठमाडौँ । कोशी टप्पु वन्यजन्तु आरक्षको नजिकको जिल्ला सप्तरीमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएपछि निजको परिवारलाई राहत वितरण गरिएको छ ।
सप्तरीका डिभिजन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाका अनुसार कोशी टप्पुबाट आएको हात्तीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं २ भलुभाही बस्ने जानकी मगरमाथि आक्रमण गर्दा उनको मृत्युभएको हो । उनको परिवारलाई ५० हजार रुपियाँ राहत स्वरुप रकम उपलब्ध गराइएको छ ।

गाउँभरी त्रास फैलाउँदै आएको हात्ती घर भित्र पसेपछि घरपरिवार सबै भाग्न सफल भएपनि हात्तीले लखेट्दै जादा जानकी घाइते भएकी थिइन् । हात्तीले सुड र खुट्टाले किल्चेर शख्त घाइते भएकी जानकीलाई अस्पतालमा लिदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । सोही हात्तीले गाउँका दुईटा घर पनि भत्काई दिएको वन प्रमुख झाले बताए ।