फेरी बाघको आक्रमण, एक महिलाको मृत्यु

बर्दियाः बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बर्दियामा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here