दुर्लभ सेतो मृग फेला

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ढुङखर्कको महाभारत जङ्गलमा दुर्लभ मानिने सेतो मृग फेला परेको छ ।

स्थानीय बासिन्दाले यसलाई सेतो मृग हो भनेर भनेका छन् । तर यसको वास्वविक पहिचान भने अझै हुन सकेको छैन ।

स्थानीय गोठालाहरुले गाउँ नजिकैको जङ्गलमा फेला पारेको सेतो रङ्गको मृगलाई आइतबार च्याम्राङबेशी ढुङखर्क प्रहरी चौकीमा बुझाइएको थियो । पछि प्रहरी र सव डिभिजन वन कार्यालय खोपासको रोहवरमा ललितपुरको चिडियाखानामा ल्याइएको छ ।

जंगलमा माउबाट छुटेको एक्लो रनभुल्ल परेको बच्चालाई भेटेपछि गोठालाले गाउँपालिकामा खबर गरेका थिए भने पछि प्रहरीको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here