ढकालको रेञ्जरदेखि सहसचिवसम्मको यात्रा

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट बेदकुमार ढकाल सहसचिवमा बढुवा भएका छन् ।

लोकसेवा आयोगले सूचना प्रकाशित गरी बरिष्ठताका आधारमा नेशनल पार्क एण्ड वाइल्ड लाइफ समुहमा ढकालको सहसचिवमा बढुवा गरिएको जनाएको छ ।

२०४८ सालमा तत्कालिन वन विभागमा रेञ्जर पदमा निजामति सेवामा प्रवेश गरेका ढकालको सुरुको पदस्थापन मुस्ताङमा भएको थियो । जागिरको सुरुवाती चरणमा हिमाली क्षेत्रको अनुभव लिएका ढकालले तत्पश्चात रेञ्जर पदमा तनहुँ जिल्ला वन कार्यालय र लामो समय वन विभागमा रहेर काम गरेका हुन् ।

२०५६ सालमा सहायक संरक्षण अधिकृत भएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा प्रवेश गरेका ढकालको मकालु बरुण राष्ट्रिय निकुञ्जमा पदस्थापन भएको थियो ।

सहायक संरक्षण अधिकृत भएर चितवन, शिवपुरी, कञ्चनजंगामा फिल्डको अनुभव पनि ढकालले गरेका छन् । छोटो समयमा शिवपुरीमा त निमित्त प्रमुख भएर पनि काम गर्न पाएको जिम्मेवारी सफल रुपमा पूरा गरेका थिए ।

२०६७ सालमा उपसचिवमा बढुवा भएका ढकालले सगरमाथा, लाङटाङ, शुक्लाफाँटा, चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्राणी उद्यान भक्तपुरको प्रमुख भएर काम गरेका छन् । जहाँ जहाँ जिम्मेवारी पाए इमान्दारीका साथ संरक्षणसँग सरोकार राख्ने सबै निकाय, समुदायसँग सहकार्य र समन्वयमा काम गर्न सक्ने छवि बनाउन सफलता ढकाललाई मिलेको छ ।

फिल्डस्तरको राम्रो अनुभव भएका ढकाल पछिल्लो समयमा विभागको इकोलोजि शाखामा रहेका काम गर्दै आएका छन् । वन विज्ञान संस्थान पोखराबाट बिएस्सी, देहरादुनबाट पोष्ट ग्रयाजुएट डिप्लोमा र पोखरा विश्वविद्यालयबाट नेचुरल रिसोर्स म्यानेजमेन्टमा स्नाकोत्तर गरेका ढकालले मानवशास्त्रमा त्रिबिबिबाट पनि स्नाकोत्तरको शिक्षा हासिल गरेका छन् ।

२०२९ सालमा जन्मेका ढकाल आफ्नो समुहमा निर्धारित समयमा बढुवा हुने र उचित जिम्मेवारी पाउने अधिकारीका रुपमा चिनिएका छन् । यद्धपी ढकाललाई कागजी प्रक्रियालाई बढी हेर्ने र चेन अफ कमाण्डको अनुशरण गर्ने बानी भएका अधिकारी भनेर पनि टिप्पणी गर्ने गरिन्छ ।

विभागले पाउने भो उपमहानिर्देशक

लोकसेवा आयोगको पुस १८ गतेको निर्णय अनुसार ढकालको बढुवाको सिफारिस पछि सरकारले उनको पदस्थापना गर्ने छ । विभागमा दुई जना उपमहानिर्देशकको दरबन्दी खाली रहेका बेला ढकालले विभागको उपमहानिर्देशक पदमा पदस्थापना हुने करिब निश्चित जस्तै छ ।

सचिवसम्मको दौड

४९ वर्षीय ढकालले सहसचिवसम्मको दौड पूरा गरेका छन् । ५८ वर्षे जागिरे जीवनमा सधै सहजता र कम प्रतिष्पर्धामै सहसचिवको पदमा पदासिन ढकालको जागिरे जीवन अझै नौ वर्ष पूरापूर छ । संशोधित निजामति सेवा ऐनमा ६० वर्षको व्यवस्था भए ढकालले थप दुई वर्ष जागिर खान पाउने छन् । यदी त्यसो भएमा उनी भन्दा बरिष्ठ सबै अधिकारी समान उमेर समुहका सेवा निवृत हुने र उनी सहजै सचिव पद हात पार्न सक्ने शौभाग्यशाली व्यक्ति हुने सम्भावना निकै बढी छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here