खर मुजुर संरक्षण गर्न जाग्दै समुदाय

काठमाडौँ । लोपोन्मुख अवस्थामा रहेको खर मुजुरको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।
वराहक्षेत्रको चतरामा खर मुजुर बारे समुदायलाई जनचेतना जगाउन समाजका अगुवाहरु सहितको जनचेतनामूलक अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाइने खर मुजुर लोप हुँदै गएपछि हिमालयन नेचर संस्थाले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जोडिएका बस्तीहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कोशी टप्पु क्षेत्रको कोसी नदीकोे घाँसेमैदान, पथरी, भाकालपुर, सिसौघाट र प्रकापुरक्षेत्रमा एक महिना अगाडी खर मुजुरको गणना गरिएको थियो ।


विश्वबाटै लोप हुने अवस्थामा पुगेको खर मुजुर नेपाल, भारत र कयाम्बोडियामा मात्रै पाइने गरेको बरिष्ठ चराविद् डा. हेमसागर बरालले जानकारी दिएका छन् । उनका अनुसार खरमुजुर भियतनाम र बंगलादेशबाट लोप भइसकेको छ । घाँसे मैदान घट्दै जानु र प्राकृतिक रुपमै भालेको संख्या बढी र पोथीको संख्या कम हुँदै जादा लोपोन्मुख खर मुयुरको संख्यामा कमी आएको छ ।

खर मुजुरको संख्याका हिसाबले पहिलो भारत, दोस्रो कम्बोडिया र तेस्रो नेपाल रहेको छ । पहिला बंगलादेशमा पनि पाउने गरेको खरमुजुर त्यहाँबाट लोप भइसकेको छ । घाँसे मैदानमा बच्चा कोराल्ने र हिउँदमा सिमक्षेत्रको मैदामा बस्ने चरा प्राकृतिक र मानवीय विनासका कारण लोप हुँदै गएको हो ।


घाँसे मैदानमा पाउने खर मुजुरको बासस्थानको विनास हुदै जानु र बासस्थानमा घरपालुवा जनावरको चरिचरण बढ्नु जस्ता गतिविधिले कोशी टप्पु क्षेत्रमा संरक्षणमा चुनौती थपिदै गएको छ । घाँसे मैदानमा मानव सिर्जित डढेलो लाग्नु, चराहरु विधुतीय प्रसारण लाइनसँग जुध्नु र चराका वास्थानहरुमा मिचाहा प्रजातिका वनस्पति फैलिनु जानुले खर मुजुर संकटमा पर्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here