चितुवाको छाला सहित दुई जना पक्राउ

लमही । दाङ जिल्लाको दक्षिणी क्षेत्र लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाबाट चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ५ महसेनीखोला बस्ने राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलगडारी बस्ने कृण्ण चौधरी रहेका छन् ।


वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

दुबै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here