धनगढीमा क्षेत्रीय विमानस्थल बन्छ : मन्त्री आले

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले धनगढी विमानस्थलाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्न तत्काल काम सुरू गरिने बताएका छन् ।

सुदूरपश्चिमको बाढीपहिरोले गरेको क्षति, नोक्सानीको वस्तुस्थिति बुझ्न सुदूरपश्चिम पुगेका मन्त्री आलेले शुक्रवार धनगढी विमानस्थल निरीक्षण गर्ने क्रममा यस्तो कुरा बताएका हुन् ।

क्षेत्रीय विमानस्थलका बनाउन ३११ बिघा जमिन आवश्यक पर्छ । मन्त्री आलेका अनुसार यही वर्षको बजेटबाट जग्गा अधिग्रहणको काम सुरु हुनेछ । विमानस्थलसँग हाल ८७ बिघा जग्गा रहेको छ ।

मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई आईतबारदेखि धनगढी विमानस्थलबाट सुदूरपश्चिमका सबै पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मन्त्री आलेका अनुसार आइतवारदेखि नै धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, डोटी, अछाम, बाजुरामा नेपाल वायु सेवाले नियमित उडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here