कोषका अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षका रुपमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पदभार ग्रहण गरेका छन् ।


उनलाई अघिल्लो हप्ता कोषका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषको अध्यक्षको जिम्मेवारी दिएका थिए ।
कोषको ऐन अनुसार प्रधानमन्त्री संरक्षक रहने भएकाले संरक्षकले कोषको अध्यक्ष तोक्ने व्यवस्था अनुरुप मन्त्री ठकुरीलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

अध्यक्ष ठकुरीले कार्यक्षेत्र अझ बढाई कोषलाई नेपालको संरक्षणका लागि विशिष्ट संस्थाको रुपमा विकास गर्न जरुरी भएको पनि बताए ।


अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री ठकुरीले कोषको कार्यक्षेत्रलाई अझ बढाउनुपर्ने बताए । उनले कोषको विगतको गरिमालाई अझ उचो पार्न आफु लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष ठकुरीले कोषलाई नेपालको संरक्षणका लागि विशिष्ट संस्थाको रुपमा विकास गर्न जरुरी भएको पनि बताए । उनले वातावरणीय प्राथमिकतालाई हेरेर जलवायु परिवर्तनका असरलाई न्यूनीकरणका काम गर्नु पर्ने पनि बताए ।


सो अवसरमा यस अघिका अध्यक्ष डा. कृष्णप्रसाद ओलीलाई बिदाई गरिएको थियो । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा डा. ओलीलाई कोषको अध्यक्ष नियुक्त गरेका थिए । डा. ओली प्रधानमन्त्री ओलीका नातेदार पनि हुन् ।
सो अवसरमा कोषका सदस्य सचिव डा. नरेश सुवेदीले कोषका बारेमा जानकारी दिँदै नयाँ अध्यक्षलाई स्वागत र अघिल्ला अध्यक्षको बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here