काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका केही उपसचिवहरुको सरुवा र पदास्थापन भएको छ ।
हालै पदोन्नती भएका उपसचिव ऋषि रानाभाट खप्तड राष्ट्रिय निकुञ्ज, भूपेन्द्र यादवलाई कोशी टप्पु र राजु घिमिरे हाललाई प्राणी उद्यानमा पदस्थापन गरिएको छ ।
त्यसैगरी शुक्लाफाँटामा चन्द्रशेखर चौधरी र अणनाथ बराललाई राष्ट्रपति चुरे विकास समितिको बुटवल इकाईमा सरुवा गरिएको छ । कोशी टप्पुबाट रामदेव चौधरी र शुक्लाफाँटाबाट मनोज साहलाई हटाइएको छ ।