मानव हात्ती द्वन्द्व : विज्ञहरु भन्छन्, हात्तीको होइन, मान्छेको व्यवहार परिवर्तन जरुरी

काठमाडौँ । नेपालमा वन्यजन्तुको संख्या बढेसँगै मानव वन्यजन्तुबीच द्वन्द्वका घटनाहरु पनि वृद्धि हुँदै गएका छन् । जसले पछिल्ला दिनमा तिनै वन्यजन्तु मानव समाजको लागि चुनौतीका रुपमा देखा परेका छन् ।

विशेष गरी बाघ, हात्ती र गैँडा प्रमुख रुपमा मानव वन्यजन्तु द्वन्द्वको चुनौतीका रुपमा देखिएका छन् भने पछिल्लो समय बाँदर, बँदेल, निलगाई जस्ता जनावरले पनि नेपाली समाजभित्र द्वन्द्वको स्थिति पैदा गराएको छ ।


१२ अगस्तका दिन विश्व हात्ती दिवस मनाइयो । नेपालका बिभिन्न हात्तीसारमा रहेका हात्तीको पुजा सहित हात्ती संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेर हात्ती दिवस मनाइएको हो । हात्तीको संरक्षण र हात्तीबाट सुरक्षा दुबै कुराको सचेतना जरुरी भएकाले यो दिवसका अवसरमा निकुञ्ज वरीपरीका वन्यजन्तु पीडित समुदायलाई सचेतना जगाउने गरी यो वर्षको हात्ती दिवस मनाइएको छ ।

चितवनमा तहल्का मच्चाएको ध्रुबे हात्तीले १७ जनाको ज्यान लियो भने रानोल्डोले २४ जनाको ज्यान जखम बनायो । गोबिन्दे हात्तीले आठ जनाको ज्यान लिइसकेको छ । बर्दियामा रहेको बर्दिया दाह्रेले दुई जनाको ज्यान लिइसकेको छ ।


मानव वन्यजन्तु सहअस्तित्व सिद्धान्तका आधारका काम गर्न सके मानव र वन्यजन्तु दुबैको हितमा हुने कुरालाई मनन गर्न आवश्यक छ । वन्यजन्तुसँग टकराव होइन, मिलेर जानु पर्ने आवश्यकतालाई यो वर्षको हात्ती दिवसले मनन गरेको छ । मानव वन्यजन्तुको द्वन्द्वको पृष्ठभूमिमा हात्ती पनि प्रमुख वन्यजन्तुभएकाले हात्ती दिवसकोे अवसरमा हात्तीका जानकारहरुले हात्तीबाट बच्न र हात्तीले पु¥याउने क्षति न्यूनिकरण गर्न मानिसले आफ्नो व्यवहार परिवर्तन गर्नु अपरिहार्य भएको बताएका छन् ।


हात्तीविज्ञको एउटै सुझाव छ, हात्ती त वन्यजन्तु हो, ऊसँग धेर्रै विवेक हुँदैन । उसले मानिससँग सके प्रतिबाद गर्छ, नभए ज्यान फाल्छ । तर मानिस त विवेकशिल प्राणी हो, त्यसैले हात्तीको व्यवहार अनुसार मानिसले आफ्ना आनीबानी र व्यवहार परिवर्तन गर्नुपर्छ । आफू पनि बच्नुपर्छ र हात्तीलाई पनि बचाउनुपर्छ ।


हात्तीले आफ्नो बासस्थानबाट वर्षको कम्तिमा दुई पटक लामो यात्रा तय गर्ने गर्छ । आफ्नो बासस्थान भन्दा अलि परको चरिचरनसम्म पुग्नु र फर्किनु हात्तीको पुख्र्यौली तथा पुस्तौनी गुण भएको कुरा हात्तीको जानकारहरु बताउँछन् । नेपालको सन्दर्भमा भन्नुपर्दा हात्तीले मकै पाक्ने बेलाको समय साउन भदौतिर र अर्काे धान पाक्ने बेला कात्तिक र मंसिर महिनातिर हुने यात्रा तय गरेको छ । तथ्याङ्क हेर्दा साउन भदौतिर यात्रामा हिडेको हात्ती भन्दा चिसो याममा हिँडेको हात्तीले बढी क्षति पु¥याउने गरेको छ ।


हात्तीसँग जुध्ने होइन, बाँच्न सक्नुपर्छ : हात्ती सम्बन्धी जानकार


अशोककुमार राम (हात्तीमा विद्यावारिधी)
मान्छेको व्यवहार परिवर्तन गर्न सकिन्छ तर हात्तीको व्यवहार परिवर्तन गर्न सम्भव हुँदैन । हात्ती जंगलमा बस्ने प्राणी भएपनि आदिम कालदेखि हात्ती र मानव समाजको निकटका सम्बन्ध रहँदै आएको छ । हात्ती पनि मानव समाज जस्तै समाजमा बस्छ । मातृसत्ता हात्ती समुहको प्रमुख विशेषता हो । हात्ती समुहको हजुरआमाले त्यो समुहको नेतृत्व गर्ने गरेको देखिन्छ । समुहमा रहेका भालेको खटनपटन गर्ने काम हजुरआमाले गर्ने भएकाले हजुरआमा समुहमा थ्रेट नआउन्जेल एग्रिसिप हुँदैन । जब थ्रेट फिल गर्छ अनि हजुरआमाले समुहको रक्षाका लागि प्रतिआक्रमण गर्न समुहका सदस्यलाई भन्ने गर्छ ।

त्यसैले समुहमा रहेको हात्तीबाट कम मात्रामा दुर्घटना भएको देखिन्छ । तर समुहबाट अलग भएको मत्ता हात्तीबाट भने धेरै पटक र धेरै स्थानमा दुर्घटना भएको देखिन्छ । किन कि समुहबाट छुट्टिएको हात्ती एउटा त बिरक्तिएको हुन्छ अर्काे उसले के गर्ने र के नगर्ने भन्ने कुरा धेरै सिक्न पाएको हुँदैन । जता जस्तो चुनौती देखियो, त्यही अनुसारको व्यवहार गर्दै हिड्ने गरेको हुन्छ । त्यसैले समुहमा रहेको हात्ती भन्दा एक्लो हात्तीबाट बढी डर हुने गर्छ ।


नेपालमा हात्तीसँग समाजको ठूलो द्धन्द्ध छ । यसलाई समाधान गर्न पहिलो कुरा उनीहरु हिड्ने बाटो सुरक्षित बनाउनुपर्छ । त्यो भनेको जैविक मार्गको व्यवस्थापन गर्नुपर्छ । दोस्रो कुरा जैविक मार्ग छेउछाउका समुदायमा सचेतना अभियान चलाउनुपर्छ । प्रभावित क्षेत्रका बासिन्दाको बानी व्यवहार परिवर्तन गर्न लगाउनुपर्छ ।


तेस्रो कुरा यदी हात्तीले क्षति नै गरिहाल्यो भने तत्काल पीडित समुदायलाई यथेष्ट र प्रभावकारी रुपमा राहतको व्यवस्था गर्नुपर्छ । बाली बिमाको कुरा सुरु गर्नुपर्छ । चौथो कुरा अब निकुञ्ज तथा वन क्षेत्र वरीपरी घेरबार गर्ने होइन कि व्यक्तिको घर, आँगन र खेतबारी मौसमी तरिकाले सस्तो प्रविधिको सौर्य घेरबार गर्ने विधि अपनाउनुपर्छ ।

यी सबै कुरा मनन गरेर मानिसले आफ्ना व्यवहार परिवर्तन गर्न सके हात्तीसँगको द्धन्द्ध कम नहुन सक्छ । निकुञ्ज वरीपरीका बासिन्दा वन्यजन्तुप्रति बढी सजग भएपनि राष्ट्रिय वन क्षेत्र नजिकका बासिन्दा वन्यजन्तुप्रति खासै सजग भएको देखिदैन । पछिल्ला दिनमा त्यस्ता ठाउँमा पनि वन्यजन्तुले हानी नोक्सानी पु¥याइराखेकोले संरक्षित क्षेत्र भन्दा बाहिरका बासिन्दालाई पनि बानी व्यवहार परिवर्तन गर्ने, वन्यजन्तु मैत्री काम गर्न सिकाउने खालको दीर्घकालिन कार्यक्रम आवश्यक छ । जुन भारतमा हाल सञ्चालन भइरहेको छ ।

मरेका हात्ती मध्य आठ वटा हात्तीको गोली लागेर मृत्यु भएको छ । यसरी मारिएका हात्ती मध्ये चोरी शिकारीले पाँच वटा हात्तीका दाँत झिकेर लगेको र तीन वटाको दाँत झिक्न नपाएको


नरेन्द्रबाबु प्रधान (हात्तीमा विद्यावारिधी)
हात्तीलाई छेकेर, रोकेर, बाटो अवरोध गरेर धेरै उपलब्धी हुने अवस्था देखिएन । सौर्य तारबार पनि धेरै ठाउँमा लगाइयो । पक्की पर्खालको प्रयोग पनि हामीले गरिसक्यौँ । आखिर हात्ती आफ्नो पुर्खाैदेखि हिडेको बाटो हिड्न छाडेको छैन भने अब हामीले त्यसै अनुसारको बानी परिवर्तन गर्न जरुरी छ ।


पहिलो कुरा हात्तीबाट मानिसको ज्यान जोगाउनु प¥यो । ज्यान जोगाउन अब हिजोको जस्तो हुल बनाएर हात्तीलाई भगाउन जाने, जिस्काउने काम गर्नै भएन । अनि हात्तीको पनि ज्यान बचाइने दिने जिम्मा मानव प्राणीको नै हो । हात्तीबाट आफु बचौँ र हात्तीलाई पनि बचाऔँ ।


अर्काे कुरा हात्तीबाट बालीनाली पनि बचाउनु छ । बाली नाली खान्छ भनेर स्थानीय बासिन्दा हात्तीको मुखमा पस्न गएको जस्तो भइरहेको छ । जब बाली बिमा हुन्छ अनि हात्तीको मुखमा पस्न कोही पनि जाँदैन । त्यसैले अब हात्ती प्रभावित समुदायको बाली बिमा गर्नु जरुरी छ । हामीकहाँ राहत दिने र क्षति दिने प्रक्रिया निकै झन्झटिलो छ । यसमा पनि सुधार आवश्यक छ ।

कतिपय ठाउँमा जाँड रक्सी राखेको घरमा बास्ना सुघेर हात्तीले घर भत्काएको पनि पाइएको छ । अन्न खानका लागि घर भत्काएको पाइएको छ । यस्ता खालका समस्या समाधानका लागि वनजंगल छेउमा बस्ने समुदायले घरमा जाँड रक्सी राख्न भएन । हात्ती आएका बेला रक्सी खाएर धपाउन जान भएन ।

मकुनाले नेपालमा २८ जनाको ज्यान लियो भने भारतमा गएर चार जनाको ज्यान गरी ३२ जनाको ज्यान लिएर समुदायले राखेको विजुलीको तारमा करेन्ट लागेर मृत्युको शिकार भयो ।


दिनेश न्यौपाने (हात्तीमा विद्यावारिधी)
हात्तीको होम रेञ्ज धेरै हुन्छ । त्यसैले यसलाई ल्याण्डस्केप एनिमल पनि भनिन्छ । हात्तीले हिडिराख्नुपर्छ । लामो दुरी पार गर्ने प्राणी भएकाले यसलाई सानो ठाउँमा आहारका सबै व्यवस्था गरेपनि यो चलायमान भइरहन्छ ।


बाहुनडाँगीको हात्ती हिडेरै उदयपुरसम्म पुगेको हामी पाउन्छौँ । यसरी लामो दुरी पार गर्दा मानिससँग ठोक्किन्छ । हात्तीलाई गर्ने व्यवहार हाम्रा ठिक छैनन् । हात्ती देख्नेवित्तिकै लखेट्ने पिट्ने प्रवृतिले हात्ती झन आक्रोसित हुन्छ । उसलाई सरासर आफ्नो बाटोमा हिड्न दियो भने दुर्घटनाहरु आफै कम हुन्छन् ।


हामी कहाँ सानो सानो क्षेत्रमा हात्ती बस्ने गरेको छ । कोशी टप्पु देखि पर्सा चितवनसम्म ठूलो वस्ती विकास भइसककोे छ । चितवन देखि बाँके बर्दियामा पनि त्यस्तै छ । बर्दियाबाट शुक्लाफाँटाको बिचमा ठूला वस्ती विकास भइसकेका छन् । हात्तीको मुभमेन्टले जेनेटिक एक्सचेञ्ज हुने गर्छ । यो त आवश्यक छ । यदी जेनेटिक एक्सचेञ्ज भएन भने हात्तीको अस्तित्व पनि संकटमा पर्न सक्छ ।


हात्ती नियन्त्रण गर्ने उपाय संसारमा छोटो समयमा लागि सफल देखिन्छन् । हात्ती मान्छे भन्दा पनि चलाख प्राणी हो । एउटा उपाय हामी प्रयोगमा ल्याउन्छौँ केही दिन, महिनाका लागि त्यसले हात्ती शान्त भएको जस्तो हुन्छ । हामीले प्रयोग गरेको विधिलाई उसले बिस्तारै एडप्ट गर्छ, फेरी उही समस्या आइहाल्छ । विद्युतीय तारवार पनि हात्तीका लागि सुरुका दिनमा जति सफल भयो, अहिले हात्तीले त्यसलाई पनि भाच्न सक्ने भयो । अफ्रिकामा हात्ती आउने बाटोमा मौरी पालन पनि गरेको देखियो तर त्यो पनि सफल भएको छैन ।

चितवनको रोनाल्डो ३९ वटा बच्चाको बाउ बनिसकेको छ भने ध्रुबेले १२ वटा छावाको बाउ बन्ने अवसर प्राप्त गरेको


रमेशकुमार थापा (वन्यजन्तु संरक्षणविद्)
हात्तीसँग निकै लामो समयसम्म भिडियो, लडियो तर नसकेको हो कि जस्तो भएको छ । प्रमुख कुरा हात्तीको व्यवहार हेरेर हामीले आफ्ना बानी व्यवहार परिवर्तन गर्नु नै हो जस्तो लाग्छ । हात्तीले बाटो मात्र प्रयोग गरेको हो कि हानी नोक्सानी गर्न नै आएको भन्ने ज्ञान नभएर समुदायले लखेट्ने, तर्साउने गर्दा धेरै घटना भएका छन् । उसको हिड्ने बाटोमा अवरोध गर्नु हुँदैन । यसमा सचेतना नै जरुरी छ ।


हामीले निकुञ्ज घेरेर पनि राख्यौँ तर हात्ती बाहिर आएरै छाडयो । अब निकुञ्ज र वन क्षेत्र घेर्ने होइन, हामीले आफ्ना खेतबारी र घरआँगन घेर्ने सक्यौँ भने हात्ती आउन्छ, जान्छ । बालीनाली लगाएको बेला मौसमी विद्युतीय तारवार लगाउने, बाली काटीसकेपछि तारबार झिकिदिने । अनि बाँझो खेतमा हात्ती आएपनि नोक्सानी हुदैन ।


उज्यालो नेपालले अहिले यही विधिलाई समुदायमा नमूनाका रुपमा परीक्षण गरिरहेको छ । बर्दियाको मधुवन नगरपालिका पत्थरबोझी, रजवारा र अमरपुरमा मौसमी विद्युतीय तारबार लगाइएको छ । यहाँका ३५० व्यक्तिलाई विद्युतीय तारबार लगाउन, निकाल्न र मर्मत गर्न सक्ने गरी तालिम दिइएको छ ।


घरभित्र राखेको अन्न खान हात्ती गएको पनि देखियो । त्यसैले उज्यालो नेपालले समुदायमा पक्की अन्न भण्डार निर्माण गरिदिएको छ । गाउँलेहरुले आफ्नो अन्न सामुदायिक अन्न भण्डारमा सुरक्षित साथ राख्ने गरेका छन् । जसले गर्दा घर भित्र अन्न राखेकै कारणले हुने दुर्घटनामा कमी आएको छ ।


चोरी शिकार पनि चुनौती
सन् २००० देखि २०२५ सम्ममा हात्तीको आक्रमणबाट ३५२ जना व्यक्तिको मृत्यु भएको हात्तीविज्ञ डा. अशोकले बताए । यो अवधिमा मानिसका कारणले ६० भन्दा बढी हात्तीको मृत्युभएको छ । यसरी मरेका हात्ती अधिकांश स्थानीय बासिन्दाले थापेको करेन्टको तारमा लागेका अवस्थामा भेटिएका छन् ।


मरेका हात्ती मध्य आठ वटा हात्तीको गोली लागेर मृत्यु भएको छ । यसरी मारिएका हात्ती मध्ये चोरी शिकारीले पाँच वटा हात्तीका दाँत झिकेर लगेको र तीन वटाको दाँत झिक्न नपाएको डा. अशोकले जानकारी दिए । उनले भने, यी घटनाले हात्तीको चोरी शिकार हुने क्रम रोकिएका छैन भन्ने देखाउँछ । हात्तीको दाँतलाई लिन अझै पनि चोरी शिकारी भइरहेको छ ।


सन् २०२४ अगस्त देखि अगस्त २०२५ सम्मको अवधिमा बिभिन्न कारणले १२ वटा हात्ती मारिएका छन् । जस मध्य बर्दियामा एउटा हात्तीको मृत्यु अमेरिकामा अध्ययन गरिरहेका एक जना विद्यार्थीले अध्ययन अनुसन्धानका क्रममा लठ्याउने औषधी प्रयोग गर्दा भएको लापरवाहीका कारण भएको हो । यो तथ्याङ्कमा अरु बाँकी हात्ती मानिसले करेन्ट लगाएर मारिएका छन् । सो अवधिमा हात्तीबाट १४ जनाको मृत्यु भएको छ ।


नेपालमा तथ्याङ्कमा हात्ती
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत समेत रहेका डा. अशोकले सन् २०२२ मा गरेको अध्ययनमा नेपालमा रैथाने हात्तीको संख्या २२७ रहेको छ । नेपालमा रैथाने हात्ती बर्दिया, शुक्लाफाँटा, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने गरेका छन् । नेपालको पूर्वी नाका बाहुनडाँगी भएर पश्चिम बंगालको पानीघट्टाहुँदै हरेक वर्ष हात्तीको झुण्ड आउने गर्छ ।

कुनै समय २०/३० वटा सम्म आउने हात्ती यो नाकाबाट ६५/७० देखि १५० सम्मको हात्तीको समुह पनि आउने गरेको छ । हात्तीबाट हुने नोक्सानी रोक्न बाहुनडाँगी क्षेत्रमा १८ किलोमिटर सौर्य तारबार लगाएको छ । तर हाल त्यो सञ्चालनमा आउन सकेको छैन ।
हात्तीको बसाइ सराईको प्रवृति हेर्दा पूर्वी नाकाबाट एउटा समुह त हरेक वर्ष आउने जाने गरेको छ भने बढीमा तीन वटा समुह पनि प्रवेश गर्ने गरेको छ । रैथाने र आगन्तुक गरी हाल नेपालमा हरेक मौसममा कम्तिमा ३०० को हाराहारीमा जंगली हात्ती रहने गरेको छन् ।


नेपालमा पश्चिमी नाका शुक्लाफाँटामा पनि भारतबाट हात्ती बसाइ सराई सरेर आउने गरेका छन् । भारतको पिलिभित वाइल्डलाइफ सेन्चुरी, नन्दोर वाइल्डलाइफ सेन्चुरी र दुधुवा राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी मोहनी करिडोर हुँदै कञ्चनपुर जिल्लाका अरु वनजंगलमा हात्ती आउने गरेका छन् । त्यसैगरी बर्दियासँग सीमाना जोडिएको भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीबाट बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हरेक वर्ष हात्तीका झुण्ड आउने गरेका छन् ।


नेपाल भारत सिमा वारपार गरेर मौसमी रुपमा सोहेल्वा वाइल्डलाइफ सेन्चुरी भारतबाट कम्दी करिडोर हुँदै बाँके राष्ट्रिय निकुञ्ज र कपिलवस्तुको वनजंगलमा पनि हात्ती आउने जाने गरेका छन् । त्यसैगरी पर्सा, चितवन राष्ट्रिय निकुञ्जमा सीमा जोडिएको भारतको बाल्मिकि टाइगर रिजर्भबाट बेला बेला हात्तीका समुह नेपाली भूमिमा प्रवेश गरी घर भत्काउने, खेतीबाली नोक्सानी गर्दै आएका छन् ।


कुन हात्तीले कति ज्यान लिए ?
खास गरेर रैथाने हात्ती भन्दा मौसमी रुपमा नेपाल छिर्ने हात्तीका समुह र समुहबाट छुट्टिएका युवा मत्ता हात्तीले बढी क्षति गर्ने गरेका छन् । भारतको पश्चिम बङ्गालबाट नेपालको पूर्वी नाका बाहुनडाँगी भएर छिर्ने गरेका हात्तीले बढी जसो पूर्वी नेपालमा हानी नोक्सानी गरेका घटना सार्वजनिक हुने गरेका छन् । ती हात्तीले झापा, मोरङ, सुनसरी, उदयपुरसम्म यात्रा तय गर्ने गरेका छन् । आफ्नो पुर्खाहरु हिँडेको बाटो पछ्याउँदै आउने क्रममा ठाउँ ठाउँमा हात्तीसँग स्थानीयको दुर्घटना हुने गरेका छन् ।


समुहबाट अलग भएका युवा भाले हात्तीले बढीजसो आतंक मचाउने गरेका छन् । समुहबाट छुट्टिएर मत्ता भएका कोशीटप्पुको मकुना, रौतहटको यमगजले ठूलो धनजनको क्षति गरेको छ । मकुनाले नेपालमा २८ जनाको ज्यान लियो भने भारतमा गएर चार जनाको ज्यान गरी ३२ जनाको ज्यान लिएको मकुना अन्ततः समुदायले राखेको विजुलीको तारमा करेन्ट लागेर मृत्युको शिकार भयो ।


रौतहटको यमगजले हालसम्म बारा, पर्सा, मकवानपुर र रौतहटमा गरी छ जनाको ज्यान लगिसकेको छ । चितवनमा तहल्का मच्चाएको ध्रुबे हात्तीले १७ जनाको ज्यान लियो भने रानोल्डोले २४ जनाको ज्यान जखम बनायो । गोबिन्दे हात्तीले छ जनाको ज्यान लिइसकेको छ । बर्दियामा रहेको बर्दिया दाह्रेले दुई जनाको ज्यान लिइसकेको छ ।


रोनाल्डो हात्तीले जन्माए ३९ बच्चा
समुहबाट अलग भएका मत्ता हात्ती बीउ जनावर पनि हुन् । हात्तीको बीउ जोगाउन, तन्दुस्त बच्चा जन्माउन रोनाल्डो, ध्रुबे, गोबिन्दे जस्ता मत्ता हात्तीको ठूलो भूमिका छ । निकुञ्जले हात्तीसारमा राखेका पोथीसँगको संसर्गमा रोनाल्डो, ध्रुबे, गोबिन्दे जस्ता ह्रस्टपुष्ट दादा भाले हात्ती धेरै बच्चा पनि जन्माइसकेका छन् ।

चितवनस्थित खोरसोर हात्ती प्रजनन केन्द्रका मनपरन चौधरीका अनुसार चितवनको रोनाल्डो ३९ वटा बच्चाको बाउ बनिसकेको छ भने ध्रुबेले १२ वटा छावाको बाउ बन्ने अवसर प्राप्त गरेको छ । यस अघिका चितवनका जंगलमा राज गरेका नानापाटेकर र रोमियो नाम गरेका हात्तीले पनि तीन दर्जन भन्दा बढी बच्चा जन्माएका छन् । उता कोशीटप्पुमा एकछत्र राज गरेको मकुनाले आठ वटा बच्चा जन्माएको डा. अशोकले बताएका छन् ।
(तस्विरहरुको लागि आभार : डा. अशोककुमार राम, बर्दियाका पथ प्रदर्शकद्धय सुशिला महतारा र मञ्जु महतारा)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here