पशुपंक्षीको नश्ल सुधारमा गतिलो उपलब्धी आएन

काठमाडौँ । पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखिको प्रयासले खासै उपलब्धी दिन सकिरहेको छैन ।

पशुपन्छीको नस्ल सुधारका लागि नेपालले २०६९ सालदेखि गाईभैँसीमा कृत्रिम गर्भाधान अभियानसुरु गर्दै आएको हो । यो अभियान सुरु गरेको १२ वर्ष पूरा गर्दा उपलब्धि खासै देख्न सकिएको छैन । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. जगदीश पाण्डेका अनुसार विसं १९९७ मा जङ्गबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाई नेपालमा ल्याई पशुमा नस्ल सुधारको सुरुवात भएको मानिन्छ ।

नेपालका कुल घरपालुवा पशुपन्छीमध्ये नस्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको सङ्ख्या करिब १५ प्रतिशत र भैँसीको सङ्ख्या करिब ३६ प्रतिशत मात्र रहेको बताइएको छ । प्राप्त यो नतिजाले ठुलो सङ्ख्यामा पशुपन्छीको नस्ल सुधार हुन नसकेको स्पष्ट देखाउँछ ।

यो क्रम नेपाली समाजमा निरन्तर चलिरहेको पाइन्छ । यो कामलाई थप व्यवस्थित र विस्तारित गर्ने लक्ष्यसहित २०६९ सालदेखि गाईभैँसीमा कृत्रिम गर्भाधान अभियान चलाइएको थियो । नेपाल सरकारले प्रजनन सेवा विकासको लागि पोखरा, नेपालगन्ज र लहानमा राष्ट्रिय पशु प्रजनन कार्यालय स्थापना गरी नस्ल सुधारको कामलाई निरन्तरता दिएको छ ।

नेपालका कुल घरपालुवा पशुपन्छीमध्ये नस्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको सङ्ख्या करिब १५ प्रतिशत र भैँसीको सङ्ख्या करिब ३६ प्रतिशत मात्र रहेको बताइएको छ । प्राप्त यो नतिजाले ठुलो सङ्ख्यामा पशुपन्छीको नस्ल सुधार हुन नसकेको स्पष्ट देखाउँछ ।

गाईभैँसी, बाख्रामा नस्ल सुधारका लागि सञ्चालित कृत्रिम गर्भाधान कार्यक्रममा आवश्यक पर्ने जमेको वीर्य (फ्रोजन सिमेन) र बङ्गुरमा तातो वीर्य (वार्म सिमेन) देशभित्रै उत्पादन गर्ने गरिएको छ । उच्च प्रजनन मान भएका जर्सी तथा होलिस्टिन गाईका भ्रुण नेपाली गाईमा प्रत्यारोपण गरी जन्मिएका साँढेहरू वीर्य उत्पादनमा प्रयोग गरिन्छ ।

विभिन्न समयमा भारत, अमेरिका तथा कोरियाबाट प्राप्त राँगा तथा साँढे पनि वीर्य उत्पादनका लागि प्रयोग भएका छन् । पहिचान गरिएका स्वदेशी नस्लका पशुपन्छीलाई स्वस्थानीय (इन सिटु) रूपमै संरक्षण र संवर्धन गर्ने कार्यक्रम सीमित रूपमा सञ्चालनमा छन् । राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ बाट निर्देशित गरेका जातको भाले पशुबाट मानक सञ्चालन प्रक्रिया ९एसओपी० मा निर्दिष्ट गरेको विधि अपनाइएको उहाँले उल्लेख गर्नुभयो ।

मुर्रा जातको राँगा, जर्सी र होलिस्टिन जातका साँढे बोयर बोकाको जमेको वीर्य उत्पादन राष्ट्रिय पशु प्रजनन कार्यालयबाट भइरहेको छ । अनुसन्धान परीक्षणका लागि गीर र साहिवाल जातका साँढेहरूबाट समेत वीर्य सङ्कलन गरी तराईका जिल्लामा पशु प्रजनन कार्यालय, लहानबाट वितरण भएको पाण्डेले जानकारी दिनुभयो ।

नेपालमा वार्षिक ११ लाख ५० हजार पशुलाई पुग्ने गरी जमेको वीर्य उत्पादन भइरहेको छ । कृत्रिम गर्भाधान सेवा सुचारु रहेका ७२ जिल्लाका ५०४ स्थानीय तहमार्फत वार्षिक सात लाख ५० हजारको सङ्ख्यामा कृत्रिम गर्भाधारण हुने गरेको पाण्डेले उल्लेख गर्नुभयो ।

सबैभन्दा धेरै वीर्य उत्पादन र वितरण भने पोखराबाट हुँदै आएको छ । कुल उत्पादनको ८० प्रतिशत भूमिका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा रहेको छ । नेपालभर वितरण भएको वीर्य आव २०८०।८१ मा सात लाख ७५ हजार भैँसी र गाईमा कृत्रिम गर्भाधारण गरिएको छ ।

नेपालमा मुर्रा जातको राँगाबाट सिमेन सङ्कलन हुने गरेको छ । राँगालाई विशेष, रेखदेख, औषधी उपचार र निरन्तर उच्चस्तरको खुराक खुवाइन्छ । घाँस, पराल र दाना दिइनुका साथै वीर्य सङ्कलनका बेला क्याल्सियम, फस्फोरस सुई पनि दिइने उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा एउटा राँगाबाट हप्तामा तीन पटकसम्म वीर्य सङ्कलन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here