नवलपरासी । लघु जलविद्युत परियोजनाले पूर्वी नवलपरासीको पहाडी क्षेत्रका गाँउहरुलाई उज्यालो बनाएका छन् ।
राष्ट्रिय प्रसारण लाईन नपुगेको नवलपरासीका पहाडी क्षेत्र हुप्सेकोट, बुलिङगटार गाँउपालिकाका विभिन्न गाँउहरुमा स्थानीय खोलाहरुबाट लघु जलविद्युत परियोजनाहरुको सञ्चालनबाट गाँउहरु उज्यालो बनेका छन ।
फिनल्याण्ड सरकारले अनुदानमा निर्माण गरिएको बनाई दिएको पुर्वी नवलपरासीको धौवादी हुरहुरे डाँडाँमा रहेको वायु पंखा पछिल्लो दुई वर्ष देखि सञ्चालन बन्द भएका कारण अंध्यारोमा बस्न बाध्य भएका धौवादी गाउँलाई अहिले स्थानीय पानी घाट खोलामा बनाईएको लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले गाउँ गाउँ झिलिमिलि भएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा हुप्सेकोट गाउँपालिकाको आर्थिक लगानीमा निर्माण भएको रुद्रपुर खानेपानी लिपिटङ परियोजनाले गाउँमा खानेपानीको ब्यवस्थापनसंँगै धौवादी गाउँलाई विद्युतीकरण गरेको छ । खानेपानीको हाहाकार भएको सो गाउँमा अहिले पानीको फालाफाल भएको स्थानीय बासिन्दा रमेश मगरले बताउनुभयो ।
हुप्सेकोट गाँउपालिकाको वडा नम्बर ५ स्थित पानीघाट लघु जलविद्युत् परियोजना, जेकट खोला लघु जलविद्युत परियोजना, बुलिङटार गाउँपालिकाको सादखोला लघु जलविद्युत परियोजना, देवसत खोला लघु जलविद्युत परियोजना, गाग्री खोला लघु जलविद्युत परियोजना, साम्भी खोला लघु जल विद्युत परियोजना लगायतका साना साना खोलाबाट निकालिएको विद्युत्ले दर्जनौँ गाउँमा उज्यालो भएको छ ।