वन मन्त्री र कर्मचारीले गरे हावाहुरी पीडितलाई राहत सहयोग

काठमाडौ । गत आइतवार हावाहुरीले क्षतविक्षत पारेको वारा, पर्सा लगायतका तराईका जिल्लाका पीडित परिवारलाई सहयोग गर्न प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मातहत निकायमा कार्यरत कर्मचारीले सहयोग जुटाएका छन् ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, राज्यमन्त्री सुरेश कुमार मण्डलले एक महिनाको तलब र मातहत निकायका कर्मचारीले कम्तिमा तीन दिनको बराबरको तलब दिने निर्णय गरेका छन् ।

यसरी संकलन भएको रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । वन कर्मचारीले गरेको यो सहयोगले हावा हुरीबाट पीडित गरीब, विपन्न वर्गको आङमा थोरै भएपनि राहत हुने भएको छ ।

यसैबीच हावा हुरी पीडितलाई सहयोग आउने क्रम जारी रहेको छ । सुदूरपश्चिम प्रदेशले एक करोड, प्रदेश ५ ले एक करोड, प्रदेश ३ ले एक करोड रकम दिने निर्णय गरिसकेका छन् भने लायन्स क्लब, रोटरी क्लब लगायतका सहयोगी संस्थाहरुले पनि राहत संकलन अभियानलाई जारी राखेका छन् । संकलिन राहत रकमलाई पीडितको घरदैलोमा पुग्ने व्यवस्था होस् भन्ने आम नागरिकको चाहाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here