सल्यान । घोरल मारेको आरोपमा सल्यानको शारदा नगरपालिका वा न १४ ढारका ९ जनालाई प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको छ ।
पक्राउमा परेका सबैलाई प्रहरी नियन्त्रणमा राखिएको छ । मासुका लागि घोरल मारेर भागबन्डा लगाउँदै गर्दा गोप्य सूचनाको आधारमा पक्राउ गरेको डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा शारदा नगरपालिका वडा नम्वर १४ ढारका विजय भण्डारी, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, कमल ओली, लोकराज भण्डारी, रामबहादुर भण्डारी, हेमराज भण्डारी, लोकबहादुर सार्की र डिल्लीबहादुर बुढाथोकी रहेका छन् ।
घोरल मारेको विषयमा अनुसन्धान र बयान लिने काम भइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।