कञ्चनजंगाको संरक्षण : ‘डन्ट वरी’

काठमाडौँ । प्रायः जसो कस्तुरी, मृगको चोरी शिकार हुने कञ्चनजंगा क्षेत्रमा लकडाउनका बेला थार र ध्वाँसे चितुवाको छाला पक्राउ परेको छ ।

कञ्चनजंगा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार जिल्लाको फक्तालुङ गाउँपालिकामा नेपाल प्रहरीको सहयोगमा २ वटा ध्वाँसे चितुवा र एउटा थारको छाला पक्राउ परेको छ ।

गणेशप्रसाद तिवारी, संरक्षण अधिकृत

छाला घरमा लुकाएर राखेका अवस्थामा एक जना पक्राउ गरिएको र हाल ती व्यक्ति न्यायिक हिराशतमा रहेको अधिकृत तिवारीले जानकारी दिएका छन् ।तिवारीले
भने, कञ्चनजंगामा ज्यादै दुर्गम ठाउँहरु छन् । लकडाउनकै बेला हामीले हिडेर ओलाङचोङगोला, फत्कालुङ, तिमतोला, घुन्सा, याम्फुदिन, ललेप लगायतका इलाकामा पुगेर सचेतना अभियान सञ्चालन गरिसकेका छौँ ।

‘हाम्रा पनि धेरै ठाउँमा पोष्ट छैनन् । एक गाउँ देखि अर्काे गाउँ एक दिनमा पनि पुग्न नसकिने दुरी छ । यस्तो बेला कुनै घटना भइहाल्यो भने वर्षाैँसम्म पनि बाहिर आउन सक्ने स्थिति देखिदैन । त्यसैले स्थानीय चोरी शिकार नियन्त्रण संयन्त्र, युवा सञ्जाल लगायतलाई परिचालन गरिएका छन्’, उनले नेपालकथासँग भने ।

बढी चोरी शिकार हुने खम्बासेन क्षेत्र

ठाउँ ठाउँमा कञ्चनजंगा संरक्षण परिषदका पदाधिकारीहरुको बस्ने गर्नुभएको छ । कञ्चनजंगा स्थानीय समुदायले संरक्षण गर्ने अवधारणा अनुरुप स्थापना गरिएको पहिलो संरक्षण क्षेत्र पनि हो । चोरी शिकारका घटना न्यूनीकरण गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीका युनिटसँग पनि सहकार्य बढाइएको छ ।

चोरी शिकार नियन्त्रण सम्बन्धी गस्ती टोली ।

हरेक वर्ष घुन्सा तथा खम्बासेन क्षेत्रमा चोरी शिकारका घटना हुने गरेका छन् । ती क्षेत्र ज्यादै सम्वेदनशिल क्षेत्र भएकाले यस्तो लकडाउनका बेला झन बढी चोर शिकार हुन सक्छ नि ? भन्ने नेपालकथाको जिज्ञासामा संरक्षण अधिकृत तिवारीले भने, हामीले स्थानीय तहका सबै संयन्त्रलाई परिचालन गरेका छौँ । हामी र परिषदका पदाधिकारी पनि पटक पटक ती ठाउँमा पुगी सकेका छौँ । डन्ट वरी, कञ्चनजंगामा त्यस्तो केही घटना हुदैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here