जरायोको मासु पकाउने पक्राउ

काठमाडौँ । आफ्नो फेसबुक पेजमा ‘लकडाउनको नास्ता ः आजको नास्ता जरायोको सुकुटी’ स्टाटस लेखेर सुन्दर भान्साको फोटो पोष्ट गर्ने व्यक्ति दाङमा पक्राउ परेका छन् ।

दाङ जिल्लाको देउखुरी बजारमा होटल व्यवसाय गर्दै आएका शिबराज पुनलाई वन्यजन्तुको शिकार तथा बेचबिखन विषयमा शुक्रवार दिउँसो पक्राउ गरी अनुसन्धान चलिरहेको छ । डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत प्रबीण बिडारीका अनुसार निज व्यक्तिलाई पक्राउ गरी अहिले बयान लिने काम भइरहेको छ ।

ती व्यक्तिको वास्तविक नाम शिबराज पुन भएपनि फेसबुकमा ‘राज पुन’ राखेर पोष्ट गर्ने गरेका छन् । प्रारम्भिक बयानमा पुनले आफुले राँगाको सुकुटी पकाएर जरायोको सुकुटी भनेर गल्ती गरेको स्वीकार गरेको कुरा वन अधिकृत बिडारीले नेपालकथालाई बताए ।

उनले भने, उसले भन्यो भन्दैमा छाड्ने कुरा भएन, थप अनुसन्धान गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here