सरकारले जनताको काम गर्न सकेन : रामचन्द्र पौडेल

कपिलवस्तु । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

नेता पौडेलले दुई तिहाइको वामपन्थी सरकार भए पनि जनतामुखी काम गर्न नसकेको आरोप लगाउनुभयो । कपिलवस्तुको चन्द्रौटामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले काङ्गे्रसले गरेको ठूलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले एक वर्षसम्म काम गर्ने मेसो नै नपाएको दाबी गर्नुभयो । अहिलेको सरकार भ्रष्टाचारमुखी बन्दै गएको भन्दै जनतामाझ परिचित भइरहेकोे आरोपसमेत लगाउनुभयो । यस्तै नेता पौडेलले काङ्ग्रेसले शुरु गरेको जागरण अभियानले पार्टीलाई एक सूत्रमा बाँध्ने बताउनुभयो ।

काङ्ग्रेस अबको निर्वाचनमा पहिलो पार्टी बन्नेसमेत उहाँको दाबी थियो । भित्रीरुपमा एकता रहेकाले कुनै द्विविधामा नपर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदलस्यद्वय अर्जुननरसिहं केसी र गगनकुमार थापा, कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहलगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here