पाँचथर देखि बैतडी सम्म अप्टिकल फाइबर बिछ्याउन शुरु

काठमाडौं । पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउन शुरु भएको छ ।

जसको कुल लम्बाई २१ सय ७९ किलोमिटर लामो रहेको छ । पहिलो खण्ड अन्तरगत चियो भञ्ज्याङदेखि गोरखाको आरुघाट खण्डमा अप्टिकल फाइबर बिछ्याउन थालिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको साढे दुई वर्षपछि नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ देखि ३ सम्म अप्टिकल फाइबर बिछ्याउन लागेको हो । धादिङ, सिन्धुली र धनकुटाबाट एकैसाथ फाइबर विस्तारको काम सुरु भएको टेलिकमले जनाएको छ ।

टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर विस्तार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here