पोखरा । अविरल वर्षा सहित खसेको पहिरोले गर्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको अधिक वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार बागलुङ जिल्लाको दब्ल्याङ सडक खण्डमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो । करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् भने पहिरो खसिरहेकोले सडक खुलाउने काम पनि हुन सकेको छैन ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गत साता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकोमा गए रातिको वर्षाले पुनः अवरुद्ध भएको हो ।