काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ बागमतीले लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ र अमेरिकाका न्यूयोर्कमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा बाढी र डुवानबाट प्रभावित भए परिवारलाई राहत वितरण गरेको छ ।
बाढी र डुवानबाट प्रभावित भएका ललितपुरको फसिडोलका पीडित घरपरिवारलाई त्रिपाल, कम्मल, सिरानी, ओछयान, दाल, चामल, चाउचाउ, भाडाकुडा, तेल सहित एक महिनालाई पुग्ने गरि वितरण गरिएको छ ।