आयोगले ८ हजार भन्दा कर्मचारी भर्ना गर्दै

काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ मा ८ हजार पदमा कर्मचारी भर्नाका लागि बिज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो समय पछी ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले बिहीवार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुल्लातर्फको पदपूर्तिको बिज्ञापन आह्वान गरिने जानकारी दिएको छ । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो ।

हाल खुल्ला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन गर्न लागिएको अयोगले जनाएको छ । आन्तरिक प्र्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया शुरु गर्ने आयोगको तयारी रहेको छ । खुला प्रतिस्पर्धाका लागि झण्डै ८ हजार भन्दा बढी को संख्यामा विज्ञापन हुने आयोगको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here