काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरीका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्।
काठमाडौंको कोटेश्वरबाट बुद्धिबहादुर सुनारसहित ७ जना पक्राउ परेका छन्। र गौशालाबाट अर्जुनधारा नगरपालिका १ झापाका २९ वर्षीय चन्द्र बोहरा पक्राउ परेका छन्।
सोमबार विहान लगनखेलबाट नुवाकोट विदुर नपा ११ का १८ वर्षीय विक्रम तामाङ, १८ वर्षीय अनिल रानामगर, १९ वर्षीय कृष्ण आलेमगर, २१ वर्षीय राज थापा मगरलाई पक्राउ गरिएको छ। उनीहरुलाई प्रहरी प्रभाग मंगलबजार ललितपुरमा राखिएको छ।
यसैगरी नेपाल बन्द घोषणापछि प्रहरी र नेपाली सेनाको टोलीले ललितपुर, काठमाडौं, नवलपरासी, मकवानपुर र कास्की, दार्चुला र सर्लाही गरी ७ जिल्लाको ८ ठाउँमा राखिएको बम निष्क्रिय बनाइएको छ। ललितपुर महानगरपालिका ५ लगनखेल बसपार्क, ग्वार्कोस्थित गुण सिनेमा हल, सानेपा नयाँ बाटो, दार्चुलाको महाकाली नगरपालिका ५ पानीट्यांकीस्थित मुलबाटो, कामनपा ४ सुकेधारा स्थित यातायात व्यवस्था कार्यालय अगाडि, नपलपरासीको बुलिङटार गाउँपालिका ३ स्थित श्रीधर गिरीको खेत र मकवानपुर उपमहानगरपालिका १० बुद्धचोक नजिकै र कास्कीको पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थ्ति एनसेलको कार्यालय अगाडि राखिएका प्रेसर कुकर बम, सुतली बम र पेट्रोल बम निष्क्रिय बनाइएको प्रहरीले जनाएको छ।
आइतबार साँझ विप्लव नेतृत्वको नेकपाले राखेका सुकेधारा र अनामनगरमा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन्।