सोलुमा विप्लवको आक्रमण विफल

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘जनयुद्ध’ सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमणको प्रयास गरेको छ।

नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जाका लागि आक्रमणको प्रयास गरेका हुन् गरेपनि चौकी रित्तै भएपछि उनीहरुको प्रयास विफल भएको छ । घटनास्थल सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी मा पुगेको तर चौकीले पहिले नै आक्रमणको सूचना पाएपछि चौकीलाई छोडेर सुरक्षित स्थानतर्फ गइ सकेका थिए । गाउँलेहरुले बताए अनुसार चौकी छोडेको विप्लब कार्यकर्तालाई थाहा थिएन । मध्यराती ५० जना जतिको समुहमा आएका विप्लब कार्यकर्ता गोला बारुद्ध सहित आएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको छ। प्रदेशबाट हेलिकोप्टरमार्फत सुरक्षाकर्मीको थप टोली घटनास्थलमा पुगेको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रहरीबाट हेलिकोप्टर माग भएका कारण सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए। नेपालकथा सँग कुरा गर्दै उनले भने, ‘प्रहरीको मागपछि हेलिकोप्टर उपलब्ध गराएका हौँ, सेना परिचालन भएको छैन।’

प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए। प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर आक्रमणको प्रयास भएको हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here