बिप्लब द्धारा जग्गा कब्जा हुन थाल्यो

काठमाडौँ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको सार्वजनिक घोषणा गरेको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित एक रोपनी एक दाम जग्गा नेकपा समूहले कब्जा गरेको र सो जग्गामा खरिद बिक्री नगर्न पनि सूचना टाँस गरिएको छ ।

नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण ननरपालिका–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नगरपालिका–१० कमलविनायकका चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको सो जग्गा कब्जा गरेको भन्दै जग्गामा कालो ब्यानर र विज्ञप्तिसमेत टाँसिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here