हिन्दूराष्ट्र स्थापनाका लागि सरकारसँग वार्ता गर्छौं: राप्रपा अध्यक्ष

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापनाका लागि सरकारसँग वार्ताको चरणमा रहेको बताउनुभएको छ । मिडिया नेपालले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राप्रपाको माग सरकारले छिट्टै पूरा गर्नेमा विस्वस्त रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी विसं २०६३ भन्दा पछाडि नर्फकने भन्दै पूर्वउपप्रधनमन्त्री समेत रहनुभएका थापाले राजनीतिक दलको सहमति र सम्झौताका आधारमा आफ्नो हिन्दूराष्ट्रको माग रहिरहने धारणा व्यक्त गर्नुभयो ।

पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले सरकारले गोलमेच सम्मेलन गरेर विप्लव माओवादीलाई समेत सहमतिमा ल्याउनुपर्ने धारणा व्यक्त गर्दै सहमतिको राजनीति नभए लोकतन्त्र खतरामा पर्र्ने जिकिर गर्नुभयो । “सरकारले सबै दलललाई समान हैसियत दिनुपर्छ”, थापाले भन्नुभयो, “कसैला काखा, कसैलाई पाखा लगाउन हँुदैन ।”

उहाँले यसअघिका सरकारमा राप्रपा समावेश हुनु ठूलो गल्ती रहेको स्वीकार गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आयोजित दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा बागलुङमा आउनुभएका थापाले पत्रकार सम्मेलनमार्फत काङ्ग्रेसका केही नेताले हिन्दूराष्ट्रको माग गरे पनि खुलेर आउन नसकेको भन्दै थापाले भन्नुभयो, “काङ्ग्रेस हिन्दूराष्ट्रका पक्षमा काङ्ग्रेस आए उसकै नेतृत्वमा राप्रपा अगाडि बढ्न तयार छ ।”

यसैबीच मेची महाकाली राष्ट्रिय स्वाभिमानअन्तर्गत आज पर्वतको कुश्मामा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले कसैलाई गाली गर्न र सरकार विरोधी अभियान चलाउन नभई जनतालाई जागरण गराएर सनातन धर्म बचाउने अभियानमा हिँडेको बताउनुभयो । “मैले भोट माग्न खोजेको होइन, म देश र संस्कृति बचाउन भनेर हिडेको हुँ”, उहाँले भन्नुभयो, “जनताले चाहना राखे भने भोलि हामी हिन्दूराष्ट्र घोषणा गरेर सरकारमा पनि जानेछौँ ।” धर्म र संस्कृति माथि आक्रमण बढ्दा सत्ता र प्रमुख प्रतिपक्ष टुलुटुलु हेरेर बसेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here