काठमाण्डौं । आज शनिबार दिउँसो सवा ४ बजेर १६ मिनेटमा आएको काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।
राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।
उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको हो। क्षती भएको नभएको बिवरण भने आउन बाकी छ ।