अतिक्रमित भूमि फिर्ता

धरान । सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ ।

भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अन्नपुर्णका अनुसार यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।
फोटोः अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here