राज्य व्यवस्था समिति कालापानी जादै

काठमाडौं । भारतले कालापानीलगायतका क्षेत्र आफ्नो नक्सामा राखेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति स्थलगत अध्ययनमा जाने भएको छ । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको थियो ।

भारतले जारी गरेको नक्सा सच्याउन प्रधानमन्त्री केपी ओलीले आग्रह गरिसकेका छन् भने संसदीय समिति स्थलगत अध्ययनमा जान लागेको हो । ‘हाम्रो भूमिको स्थलगत अध्ययन गर्न कालापानी जांदैछौ,’ राज्य व्यवस्था समिति सदस्य कृष्णगोपाल श्रेष्ठले भने,‘स्थलगत सत्यतथ्यसहित सरकारलाई आवश्यक पहल गर्न समितिबाट निर्देशन दिनेछौँ ।’ उपनिर्वाचनपछि कालापानी स्थलगत अध्ययनमा जानेबारे समितिमा छलफल भइसकेको श्रेष्ठले जानकारी दिए ।

राज्य व्यवस्था समितिले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक र राजनीतिक पहल गर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । तीन साता अघि बसेको समिति बैठकले नेपालले प्रयोग गरिरहेको नक्सा गलत भएको भन्दै सच्याउन पनि सरकारलाई निर्देशन दिइसकेको छ ।

समितिले यसअघि नै कालापानी जाने तयारी गरेपनि सभामुख नभएका कारण समस्या परेको समितिका सदस्य बताउँछन । सांसदको भ्रमण र आवश्यक बजेटका लागि सभामुखले निर्णय गर्नुपर्ने संसद नियमावलीमा व्यवस्था छ ।

अन्नपुर्णका अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अधिकार प्रयोग गर्नका लागि समिति सभापतिसँग छलफल गरेकी थिइन् । तर संसद नियमावलीले सभामुखको अधिकार उपसभामुखमा नसर्ने अधिकांश सभापतिको राय पछि संसदको दैनिक प्रशासनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here