सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने विश्वास व्यक्त गरेको छ।
राजधानी बाहिर धरानमा सम्भवतस् शनिवारबाट सुरु गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ५० हजारभन्दा बढी कीट ल्याइँदै छ।
उनले भने, चीनबाट कीट आएपछि हामीले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु गर्छौँ। एक हप्ताभित्र परीक्षण सुरु गर्ने गरी तयारी गरिरहेका छौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमको विमान शनिवार १२ बजेर ३२ मिनेटमा चीनको गोन्जाउतर्फ उडेको हो। सम्भवतस् उक्त विमान शनिवार राति नै फर्किने बताइएको छ।
विमानले चीनबाट परीक्षण कीटका साथै स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक पोशाक (पीपीई) लगायतका सामग्री लिएर फर्किने बताइएको छ।
उनले भने, चीनबाट कीट आएपछि हामीले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु गर्छौँ। एक हप्ताभित्र परीक्षण सुरु गर्ने गरी तयारी गरिरहेका छौँ।