काठमाडौँ । चीनमा फेरी कोरोनाको संक्रमण देखिएको छ । बुधवार मात्रै नयाँ ६३ जनामा कोरोनाका संक्रमण देखिएको छ भने ती मध्ये दुई जनाको मृत्यु भएको चीनको स्वास्थ्य विभागले जनाएको चिनिया सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
नयाँ देखिएका बिरामीहरु गरी चीनमा दोस्रो चरणमा संक्रमितको संख्या एक हजार भन्दा बढी पुगेको छ ।
कोरोना भाइरसको उद्गम स्थल वुहानमा कफर्यु हटाएर जनजीवन सामान्यतर्फ फर्किनथालेका बेला चीनमा पुनः संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट चीनले अझै पनि पार पाउन नसकेको टिप्प्णी गरेको छ र चिनियाँ नागरिकलाई सजग र सचेत रहन पनि आग्रह गरेको छ ।