सिँचाई विभागको महानिर्देशकमा बराल

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले पद बहाली गरेका छन् ।


३०औं महानिर्देशकका रुपमा उनले आज विभागमा पद बहाली गरेका हुन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इन्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिंचाई विभागमा २०५१ देखि सेवा सुरु गरेका थिए ।

राष्ट्रिय गौरबका आयोजनालाई सधैभरी ‘आयोजनामै मात्रै सिमित’ राख्न नहुने धारणा राख्दै उनले त्यस्ता आयोजनाको प्रतिफल लाभान्वित समुदायलाई चाँडो दिने कोशिस गर्नुपर्ने बताए ।

विभाग मातहातका धेरैजसो सिंचाई आयोजनामा कामको अनुभव बटुलिसकेको बराल जलस्रोत तथा सिंचाई क्षेत्रका अनुभवी र विज्ञको रुपमा चिनिन्छन् । उनले यो क्षेत्रमा ३१ बर्ष बढीको अनुभव संगालेका छन् ।


पद बहाली कार्यक्रममा बोल्दै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । विभागको लक्ष्य पुरा गर्न र मातहातका आयोजना समयमै सम्पन्न गर्दै परिणाम देखिने गरी काम गर्न मन्त्रालयको स्पष्ट निर्देशन र अपेक्षा रहेको सुनाउँदै उनले त्यसलाई पूर्णता दिन तल्लो तहका कर्मचारीदेखि उच्च पदमा रहेर काम गर्ने कर्मचारीहरु समेत जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।


आर्थिक वर्षको सुरुवाती अवस्थामा नयाँ जिम्मेवारी पाएका बरालले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा चालु आर्थिक वर्षमा उल्लेख्य प्रगति हासिल गर्न सक्ने कुरा पनि महानिर्देशक बरालले बताए ।


राष्ट्रिय गौरबका आयोजनालाई सधैभरी ‘आयोजनामै मात्रै सिमित’ राख्न नहुने धारणा राख्दै उनले त्यस्ता आयोजनाको प्रतिफल लाभान्वित समुदायलाई चाँडो दिने कोशिस गर्नुपर्ने बताए ।


त्यसैगरी तराईमा सिंचाई अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै महानिर्देशक बरालले तराईमा सिंचाईको समस्यालाई फास्ट ट्र्याक र दीर्घकालिन गरी दुई चरणमा काम गर्न सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here