ब्यापारघाटा को डर लाग्दो तथ्य

काठमाडौं। प्रधानमन्त्री केपि ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सुचकांकका सवल पक्षहरुको ब्याख्या गरिरहँदा अर्थतन्त्रको समष्टिगत सूचक भने डरलाग्दो दिशातर्फ अगाडि बढिरहेको छ।

अर्थतन्त्रका सबै सूचकांकहरूले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको देखाएका छन्। चालु आर्थिक बर्षको सुरुदेखिनै शोधनान्तर घाटाले नयाँ नयाँ रेकर्डहरु राखिरहेको छ। एक महिनामै शोधनान्तर घाटा ४८ प्रतिशतले बढेर ८५ अर्ब ३२ करोड रुपैयाँ नाघिसकेको छ। आयातमा कडाइ थालेपछि बर्षभरीको घाटा तीन अर्ब ३२ करोड रुपैयाँमा सीमित गरिएको थियो। तीन बर्षअघि शोधनान्तर १ खर्ब ८८ अर्ब रुपैयाँ उच्च बचतमा थियो।

नौं बर्षअघि यसरी नै शोधनान्तर घाटा बढ्दा अर्थमन्त्रालय र बाणिज्य मन्त्रालयले सुनलगायतका सामान आयात निषेध गरेको थियो। तत्कालिन अर्थसचिव रामेश्वर खनाल र गभर्नर विजयनाथ भट्टराईले पत्रकार सम्मेलन गरेर मुलुक आर्थिक संकटमा फस्नै लागेको बताएका थिए। जबकी त्यसबेला शोधनान्तर घाटा जम्मा ४० अर्ब रुपैयाँ थियो। अहिले त्यसको दोब्बर भन्दा बढि अर्थात ८५ अर्ब नाघिसकेको छ।

आर्थिक बर्षको पहिलो चार महिनामै व्यापार घाटा ३६.१ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब रुपैयाँ पुगिसकेको छ। पुसमा उठ्नु पर्ने राजश्वसमेत उठेको छैन। सरकार विकास खर्चमा पनि पछाडि परेको छ। 

बजेट खर्च नहुँदा बैंकिङ क्षेत्रको निक्षेपको वृद्धिदर पनि घटेको छ। भदौबाटै तरलता अभाव चरम भएको थियो। भद्र सहमतिका कारण निक्षेपको ब्याज एकल अंकमा आएको छ, तैपनि ऋणको ब्याज घट्न सकेको छैन। 

निर्यात, रेमिटेन्स, वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक ऋण र पर्यटनबाट रकम स्वदेश भित्रन्छ। मंसिरसम्म जम्मा साढे ३७ अर्बको सामान निर्यात भएको छ। रेमिटेन्सको बृद्धि दर भने राम्रो देखिएको छ। करिव ३२ प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ भित्रिसकेको छ। वैदेशिक सहयोग, सहायता र लगानी भने बढ्न सकेको छैन। पर्यटन आयभन्दा खर्च बढि भएको छ। 

आयात उच्च छ।  वैदेशिक ऋणको साँवाब्याज भुक्तानी, विदेश भ्रमणमा जानेले विदेशी मुद्रा लिँदा र नेपाली वैदेशिक रोजगारीमा जाँदा टिकटलगायतबाट रकम बाहिरिन्छ। पछिल्लो समय नेपाली घुम्न जाने प्रचलनले विदेशी मुद्रा बाहिरिने क्रम असाध्यै बढेको छ। आयात र घुमघामकै कारण शोधनान्तर घाटा बढ्दै गएको हो। 

http://nepalkatha.com/demo/wp-content/uploads/2019/01/download.png

आयातलाई निरुत्साहित गर्न राष्ट्र बैंकले गाडी कर्जाको मूल्यांकन सीमा घटाइसकेको छ। मूल्यांकनको ५० प्रतिशतसम्म बैंक ऋण पाइने गरेकोमा अब ५० प्रतिशत मात्र पाइन्छ। विदेश घुम्न जाने नेपालीले पाउँदै आएको २५ सय डलरलाई घटाएर १५ सय डलरमा झारिएको छ।

सरकारले आयातमा कडाइ गर्न केही बस्तुहरुको सूची तयार पारे पनि कार्यान्वयन भने गरेको छैन। सुनचाँदी, विलाशिताका बस्तु्लगायतका सामग्री आयातमा कडाइ गर्ने सरकारी योजना थियो। 

साभार् बिजमान्डौ


प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here