सरकारले रेल किन्ने

३ माघ,काठमाडौं । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।

सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

यसैबीच, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

अब पानी जहाज कागजमा सिमित हँदैन

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज चलाउने घोषणालाई व्यंग्य गर्दै कांग्रेस कार्यकर्ताले केही समयअघि कागजको पानी जहाज बनाएर प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालबाट पानी जहाजको टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजानेसमेत बताएका थिए ।

साभार् अन लाइन खबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here