काठमाडौँ । संविधानमा भएको व्यवस्था अनुसार स्थापना भएका बिभिन्न पाँच वटा आयोगले अध्यक्ष पाएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा वालानन्द पौडेल, समावेशी आयोगमा डा शान्तराज सुवेदी, थारु आयोगमा विष्णुप्रसाद चौधरी, मधेसी आयोगमा डा विजयकुमार दत्त र मुस्लिममा आयोगमा समिम मियाँ अन्सारीले नियुक्ति पाएका हुन् ।
संवैधानिक परिषद्ले सिफारीस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच आयोगका अध्यक्षलाई आज नियुक्त गरेकी हुन्। राष्टपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा नवनियुक्त आयोगका अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पद तथा गोपनियताको सपथ गराएका थिए ।
नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते उजुरी परेका मुस्लिम आयोगको अध्यक्षमा सिफारीस अन्सारी पनि स्वत नियुक्त भएका छन् ।सिफारीसको ४५ दिन सम्म संसदीय समितिले टुंगो लगाउन नसकेपछि संविधानअनुसार अन्सारी स्वतः नियुक्त भएका हुन् ।