नदी दोहन गर्नेलाई प्रहरीको डण्डा

तनहुँ । तनहुँ प्रहरीले नदीजन्य पदार्थको दोहन गर्नेलाई प्रहरीले कारवाही सुरु गरेको छ ।

प्रहरीले निगरानी बढाउँदा अधिकांश साधन कारवाहीमा पर्न थालेका छन् । चालु आर्थिक वर्ष २०७५/२०७६ को चैत्र १९ गते सम्ममा नौ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरी उपरीक्ष (एसपी) शिद्धिविक्रम शाहले जानकारी दिनुभयो । यस आर्थिक वर्षको चैत्र १९ गते सम्ममा १२ वटा स्काईभेटर, एक भ्याकु लोडर , ट्रक दुई टिप्पर आठ, ट्याक्टर ७३ वटा गरी ९६ वटा कारर्वाहीमा गरी सो रकम सङ्कलन भएको प्रहरीले जनाएको छ ।

‘प्राकृतिक स्रोत साधनको उत्खनन् गर्न पाईन्छ अनुमति लिएको भन्दैमा जथाभावी डोजर लगाएर दोहन गर्न पाईदैन’ एसपी शाहले भन्नुभयो–‘ अवैध रुपमा उत्खनन् गर्ने प्रति निगरानी बढाएर कारवाही गर्दा राजस्वमा बृद्धि भएको हो ।

’साउन महिनामा दुई वटा ट्याक्टरलाई कारबाही गरी १२ हजार , भदौ महिनामा स्काभेटर एक, ट्रक एक , ट्याक्टर १५ वटा गरी १७ वटालाई कारबाही गर्दा एक लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । असोज महिनामा स्काभेटर र टिप्पर दुई÷दुई वटा, ट्याक्टर ३८ गरी ४२ वटालाई कारर्वाही गरी ३ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कात्तिकमा ५ वटा ट्याक्टरलाई कारर्वाही गरी ५० हजार, मङ्सिरमा तीन वटा स्काईभेटर,भ्याकु लोडर, ट्रक र टिप्पर एक/एक र ट्याक्टर आठ गरी १४ वटालाई कारबाही गरी एक लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । पुसमा स्काईभेटर , टिप्पर एक÷एक वटा र २ वटा ट्याक्टर गरी चार वटालाई कारर्वाही गर्दा ८२ हजार रुपैयाँ , माघमा स्काभेटर दुई, टिप्पर एक र ट्याक्टर तीन गरी छ वटालाई कारर्वाही गरी ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

माघ महिनामा स्काभेटर दुई, टिप्पर एक, ट्याक्टर तीन गरी छ वटालाई कारर्वाही गरी ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । फागुनमा स्काईभेटर र टिप्पर एक/एक गरी दुई वटालाई कार्वाही गरी ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चैत्र महिनाको १९ गते सम्ममा दुई ÷दुई वटा वटा स्काईभेटर गरी चार वटालाई कारबाही गरी ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा अवैध रुपमा गिट्टी, बालुवा दोहन गर्न प्रयोग भएका डोजर , टिप्पर, ट्याक्टर लगायतका १८ वटा साधनलाई कार्वाही गरी ७ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here