बाँकेमा बढ्यो वन्यजन्तुको तस्करी

नेपालगञ्ज । केही समय यता पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्जमा दुर्लभ वन्यजन्तुको छाला, अंग लगायतका बस्तु सहित तस्करी गर्ने व्यक्ति पक्राउ पर्दै आएका छन् ।

बाँके प्रहरीले पछिल्ला दिनमा सक्रियता बढाएपछि दुर्लभ वन्यजन्तु रेड पान्डा, बाघ र चितुवाको छाला पक्राउ गर्न थालेपछि यो क्षेत्रबाट त्यस्तो तस्करी झन बढ्दे गएको ठहर प्रहरीले गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ सदरलाईनबाट अवैध वन्यजन्तु रेडपाण्डाको छाला सहित फेरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरलाईन स्थित भगवती ज्वाला होटलमा अवैध वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना बसेको विषेश सूचनाको आधारमा थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताउनुभयो ।

सो होटलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा चेकजाँच गर्दा जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर १ वस्ने धिरज महतलाई पुच्छर सहितको दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ गरेको प्रहरी प्रमुख पौडेलले बताउनुभयो ।

प्रहरीले छालासहित पक्राउ गरेका महतलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा बुझाईएको र सो बारेमा थप अनुसन्धान भैरहेको उहाँले जनाउनु भयो ।

हरेक महिनामा दुर्लभ वन्यजन्तु रेड पान्डा, बाघ र चितुवाको छालासहित तस्करहरु बाँकेको कोहलपुर, राँझा र नेपालगञ्जबाट पक्राउ पर्न थालेपछि तस्करहरुले बाँकेलाई दुर्लभ वन्यजन्तुको छाला तस्करीको ट्रान्जिट बनाएको आशंका प्रहरीले गरेको छ । दुर्लभ वन्यजन्तु चोरी सिकारीपछि ती वन्यजन्तुको छाला तस्करी यस क्षेत्रबाट भईरहेको पाईएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा अवैध रूपमा हुने वन्यजन्तु चोरी सिकारी र बर्दिया निकुन्ज तथा बाँके निकुन्जबाट समेत वन्यजन्तुका अंगहरूको तस्करी भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here