कसैले दुख्ख दिए सिँधै म कहाँ आउनुहोस्: प्रधामन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाले दुख्ख दिएको सिँधै आफु कहाँ आउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । ‘कानुनी सुधारः समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले भने, ‘व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस् ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उद्योगी, व्यावसायीहरुलाई सम्वोधनमा व्यापारीको पक्षमा वकालत गर्दै भने ‘आफ्ना मौलिक उधोग खोलौं, सरकारले के सहयोग गर्नुपर्यो रु के छूट दिनु पर्यो रु भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नुपर्यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गरे । उनले व्यापारी व्यवसायीहरुलाई भने, ‘आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस् र लगानी गर्नोस् ।’

नेपालमा कृयाशील जनसंख्या ठूलो परिणाममा रहेको उल्लेख गर्दै उनले देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने वातावरण बनिरहेको बताए । साथै, देशमा राजनीतिक स्थिरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘यी पक्षहरुका साथै अहिलेको सरकार तपाईंहरुको माग वमोजिम कानुनहरुमा आवश्यक सुधार गर्न तत्पर छ ।’

स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उनले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था श्रृजना गर्दै सहकार्यको वातावरण बनाइने उनले बताए । प्रधानमन्त्रीले ओलीले भने, ‘विदेशी लगानीकर्ताहरुलाई त नेपालमा लगानी गर्न आहृवान गरिदैं गरेको अवस्थामा स्वदेशी लगानीलाई त झन् प्रोत्साहन नगर्ने कुरै भएन ।’ उनले स्वदेशी लगानीको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा उधमीहरुलाई ढुक्क हुनोस् भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नुपर्दैन, पारदर्शी बन्नोस् । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि गाह«ो देखाउन पनि गाह्रो हुन्छ ।’ प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेका समेत उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, आज समस्याहरु आए पनि समाधान गरेर अघि बढ्ने अनुकूलताहरु रहेका छन् ।’ उनले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिवीको रेखामुनि कोही पनि नरहने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here